बन्द चि. श्रमिकलाई जीटीए चेयरम्यान फण्डबाट बोनस दिइने

Share this news

फाउलाई ( FOWLAI ) नपाएको बन्द चियाबगानका श्रमिकहरूलाई जीटीए चेयरम्यान रिलिफ फण्डको रहल रकम बोनसको रूपमा वितरण गरिने अनित थापाले घोषणा गरेका छन्। आइजीजेएफको श्रमिक सङ्गठनले गरेको मागअनुसार नै जीटीए मुख्य कार्यपाल अनित थापाले यो घोषणा गरेका छन्। उनले पहाडमा हरेक वर्ष बोनसको समय आफ्नो हक र अधिकार पाउनु श्रमिक आमा, बाबा, दिदी बहिनीहरूले सङ्घर्ष गर्नु पर्थ्यो। त्यो देखेर यसपाली आफूले बोनसमाथि सरकारले नै हस्तक्षेप गर्नु पर्छ भन्ने ठानेको भन्दै यो कुरा उनले सरकारलाई बुझाएको बताए। सरकारले पनि हाम्रो कुरालाई बुझेकोमा उनले धन्यवाद ज्ञापन गरे। त्यसैको कारण यसपाली हाम्रो श्रमिक आमा बाबाहरुले कुनै झमेला नै नगरी बोनस पाएको देखिरहेको थापाले बताए। अहिले चियाबारीहरूमा खुशीको लहर छाएको छ, यो हाम्रो निम्ति सकारात्मक लक्षण हो। उहाँहरुको खुशीमा आफू पनि खुशी भएकोे जीटीए प्रमुखले बताए। उनले कोविड समय स्थापित जीटीए चेयरम्यान रिलिफ फण्डबाट बन्द चिया बगानका श्रमिकहरूलाई बोनसको रुपमा वितरण गराउने बताए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान