दार्जीलिङका पुत्र राज्यसभामा पुग्नु अत्यन्तै सुखद हो: विक्रम राई

Share this news

दार्जीलिङ,14 जुलाई(निसं): पुर्व विदेश सचिव तथा दार्जीलिङ वेलफेयर सोसाइटी-का सस्थापक हर्षवर्धन श्रीङला राज्यसभा सदस्य रूपमा मनोनीत भएकोमा दार्जीलिङ पहाडका विभिन्न व्यक्ति विशेषले उनलाई शुभकामना व्यक्त गरे। यसै क्रममा विकरण फाउण्डेसन प्रमुख तथा सामाजिक कार्यकर्ता एवं प्राध्यापक बिक्रम राईले शुभकामना व्यक्त गरे भने दार्जीलिङको पुत्र संसदको माथिल्लो सदन राज्य सभामा पुग्नु अत्यन्तै सुखद रहेको बनेको बताए। राईले भने, पूर्व विदेश सचिव तथा भुमी पुत्र हर्षवर्धन श्रृंगलालाई राज्यसभामा मनोनित गरिएकोमा सबैको लागि गर्वको क्षण रहेको तथा कूटनीति, शासन र विश्वव्यापी मामिलामा उनको विशिष्ट सेवाले दार्जीलिङ र राष्ट्रलाई सधैं गौरव दिएको राईले बताए। यसको साथै संसदको माथिल्लो सदनमा सार्वजनिक सेवाको यो नयाँ अध्याय सुरु गर्दा साच्चै दार्जीलिङवासीले गर्व महसुस गरेको पनि राईले बताए।
स्मरण रहोस् ,  विकरण फाउण्डेसन तथा दार्जीलिङ सेवा सस्थासंग मिलेर दार्जीलिङवासीहरुको निम्ति विभिन्न कार्यहरु गर्दै आएको छ भने गत कोभिड-19 को समयमा विकरण फाउण्डेसनले डा श्रीङलाको सहयोगमा विदेश रहेका धेरै गोर्खालाई स्वादेश फर्काउन महत्त्वपूर्ण भुमिका निभाएको छ।



Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न