
आन्दोलन अवधि आफ्नो प्राण आहुति दिने शहीदहरु क्रमैले शहीद नैनसिंह राई, कुमार राई, हर्क बहादुर राई, देव प्रकाश राई, सोना शेर्पा , रिञ्जी शेर्पा, जीवन राई, प्रकाश राई, छविलाल थापा अनि सूर्य कुमार प्रधान हुन्। कार्यक्रममा शहिद परिवार सदस्यहरूलाई खादा लगाएर सम्मान जनाउँदै उपहारहरु प्रदान गरियो। समष्टि महासचिव मिलन प्रधानले शहीदहरूको बलिदान कहिले पनि भुल्न नसकिने बताउँदै उनीहरूको यस बलिदानले गोर्खा इतिहासको आधार तय गरेको बताए। अर्कोतिर, शहिद परिवारका सदस्यहरुले जबसम्म गोर्खाल्याण्ड प्राप्त हुँदैन तबसम्म उनीहरूले न्याय नपाउने बताए। उनीहरूले गोर्खाल्याण्डको आन्दोलनमा आफ्नो आफन्त कसरी अनि कहाँ शहीद बन्न पुग्यो भन्ने विषयमा भावुक हुँदै वर्षमा एक दिन मात्र शहीदहरुलाई सम्झना गरेर शहीदहरुको बलिदानले न्याय नपाउने बताए। यसका साथै गोर्खाल्याण्ड प्राप्तिले मात्रै सहिद परिवारलाई न्याय हुने उनीहरुले बताए। समष्टि सभासद् नोर्देन शेर्पाले हरेक वर्ष शहीदहरुलाई स्मरण गर्दै उनका परिवारलाई सम्झेर सम्मान गरिने बताए। उनीले सहिदहरुको सर्वोच्च बलिदानलाई सभ्य समाजले सदैव स्मरण गर्ने भन्दै शेर्पाले सबैप्रति कृतज्ञता प्रकट गरे।यसरी नै समष्टिका गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, इन्डियन गोर्खा जनशक्ति फ्रण्टका कार्यकर्ताहरुले पनि रिङरोडस्थित शहीद बेदीमा द्वीप प्रज्वलन अनि खादा लगाएर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरे।

पेशोक चियाबारी दोङ बस्ती निवासी शहीद हर्क बहादुर तामङको छोरा छेवाङ तामङ लगायत गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका समष्टि नेतृत्वहरु, ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट्का समष्टि संयोजक किरण राई एवं कार्यकर्ता, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समष्टि सभासद, खण्ड पञ्चायत समिति सभापति ,खण्ड समितिका नेतृत्ववर्ग, एवं अन्यहरुद्वारा शहीद नाराद राई, एस एस राई आदिको समाधिमा पुगेर खदा,फूल, धुप आदि जलाएर स्मरण गर्दै उनीहरुले दिएको त्याग र वलिदानको स्मरण गर्दै श्रद्धाञ्जली प्रदान गरे।
यता भारतीय जनता पार्टीको तक्लिङ-पेशोक मण्डल द्वारा पनि मण्ड्ल क्षेत्रका ती वीर शहीदहरु प्रति शहीद दिवसको अवसरमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको बताईएको छ् ।
पेशोक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तक्लिङ-पेशोक समष्टि द्वारा आज शहीद दिवस पालन गर्यो। विगत 1986 सालदेखि 2017 सम्म गोर्खाल्याण्ड आन्दोलनकालमा आफ्नो प्राणाहुती दिने ती वीर विरंगाना शहीदहरुलाई उनीहरुको समाधिमा पुगेर दीप,धुप अनि पुष्पाञ्जली अर्पण गर्दै श्रद्धाञ्जली दिए। तक्लिङ-पेशोक समष्टि क्षेत्रका पेशोक दोङ बस्ती निवासी हर्क बहादुर तामङ, लप्चु चियाबारी निवासी नारद राई, लगायत जम्मा 15 जना शहीदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरियो।
भागोप्रमो तक्लिङ-पेशोक समष्टि द्वारा आयोजित दोस्रो चरणको शहीद दिवस कार्यक्रम पेशोक सार्वजनिक भवनमा सभासद मनिप्रसाद राईको सभापतित्वमा सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा दिवंगत ती वीर शहीदहरुको निम्ती एक मिनेटको मौन धारण गरियो । भागोप्रमो तक्लिङ-पेशोक समष्टि महासचिव अनिल सुन्दासको सञ्चालम सम्पन्न उक्त शहीद दिवस कार्यक्रममा समष्टि भित्रका पन्ध्र शहीद परिवारहरुलाई भेंट स्वरुप उपहार प्रदान गरियो भने कार्यक्रमका अध्यक्ष सभासद मनि प्रसाद राई, नारी शक्ति का राधिका तामाङ खासमहल खण्ड समिति सभापति दुर्गा भुजेल आदिले शहीदको अवसरमा शहीदहरुले दिएको त्याग, बलिदान आदि बारे वक्तव्य राखे, खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्री, लगायत लप्चु चियाबारी, पेशोक चियाबारी खासमहल बस्ती खण्ड समिति आदिका सभापति सचिवहरु, नारी शक्तिका प्रतिनिधि एवं अन्यहरुको उपस्थिति रहेको थियो। समष्टि भित्रका ती पन्ध्र शहीद् परिवारहरुलाई उपहार प्रदान गरिएकोमा आभार व्यक्त गरिएको छ्।

आफुहरु समाजिक सस्थाको रूपमा कार्य गर्दै आएको भए पनि आजको पिडीहरुले गोर्खा शहिदहरुलाई नचिन्ने खतरा बडेको तथा उनीहरूले जातीय मुद्दाको निम्ति गरेको बलिदानको कदर गर्दै शहिदहरुलाई स्मरण गर्ने सोचले आफुहरुले सहिद वेदीको तथा सालिक निर्माण गर्ने निर्णय गरेको सस्थाको पक्षमा सन्दीप याक्सोले बताए। यस्तै विस्तारै सम्भव भए आउँदो दिनहरुमा संस्थाले शहीद परिवारको निम्ति अझ धेरै कामहरू गर्ने योजना रहेको अर्को सदस्य करण छेत्री बताए भने यस्तो कार्य गर्न अघि आएकोमा राजनीति नजरले नहेरिदिने अपिल गर्दै यस पुनित कार्यको सबै गोर्खा हरूलाई सहयोग गरिदिने अपील संस्थाको पक्षबाट उनले गरेका छन्।

आजको दोस्रो चरणको कार्यक्रममा स्थानीय रेलिङ निम्न बुनियादी पाठशाला भवनमा भोगोप्रमो समष्टि सल्लाहकार प्रेम कुमार छेत्रीको अध्यक्ष्यतामा तथा क्षेत्रीय सभासद सतिश पोखरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिहरूमा दार्जीलिङ पुलबजार खण्ड समिति उपसभापति पेम्बा मोक्तान , भागोप्रमो रेलिङ कैँजले उपसभापति सन्तोष गुरूङ, समष्टि सल्लाहकार बिष्णु भण्डारी मुलसचिव रोशन तामाङ, भागोप्रमो युवा शक्ति सभापति देवन तामाङ , डा.कमल पोखरेल, शहिदका परिवारहरू साथै पार्टीका पद्अधिकारीगणको विषेश उपस्थिति रहेको थियोे ।भागोप्रमो समष्टि मुलसचिव रोशन तामाङद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य शेखर लेप्चाले राखेका थिए भने कार्यक्रमलाई थप रोचक बनाउँदै डा.कमल पोखरेलद्वारा शहिद दिवसमाथि सुन्दर कविता सुनाएर। कार्यक्रममा क्षेत्रीय सभासद सतिश पोखरेलले आफ्नो सम्बोधन राख्दै भने, विगतमा हामी एकआपसमा बुझाबुझ नहुँदा हाम्रो मान्छेहरू शहिद हुनुपर्यो। मलाई अहिले पनि सन् 1986 सालको गोर्खाल्याण्ड आन्दोलनको स्मरण गर्दा कस्तो-कस्तो भएर आउँछ। उति बेला हामीले हाम्रो आफ्नै गोर्खा सन्तान गुमाउनु परेको थियो। पछिबाट म आफै गोर्खाल्याण्डका लागि दुईचोटि जेल बस्नुपर्यो । म यस्तो परिस्थितिबाट पिसिएर आएको हुँ भनी उनले अवगत गराए। अहिले डराउनु पर्दैन, कसैको शिन्दुर नपुछी , कसैलाई शहिद नबनाई हामी गणतन्त्र हिसाबमा गोर्खाल्याण्ड आन्दोलन अघि बढाइ रहेकाछाैँ। उनले अघि भने, गोर्खाल्याण्ड नाममा अहिले कतिपय पार्टीहरूले साधरण जनतालाई लट्टाउने काम गरिहेको छ। उनीहरू खालि चुनाउको समयमा गोर्खाल्याण्ड-गोर्खाल्याण्ड भन्दै हाम्रो भोट लाने गर्छ अनि चुनाउ सकेपछि हराउछ जनता होशियार बस्नुपर्छ, उनले सर्तक गराए। दार्जीलिङ पहाडमा काम गर्ने पार्टी केवल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा हो, जसले गोर्खाल्याण्ड मुद्दालाई जिवित राखेको छ भनी उनले थप बताए। कार्यक्रममा रेलिङ-केैजले समष्टिभित्रका सम्पूर्ण शहिद परिवारहरूलाई खादा , लगाई सम्मान पनि जनाइयो।
