रावली गाउँ तथा भुजेल गाउँमा गोर्खा राष्ट्रिय नारी संगठनको प्रशाखा गठन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत कैंजले–रेलिङ समष्टिको रावली गाउँ तथा भुजेल गाउँ क्षेत्रमा गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) को प्रशाखा कमिटी गठन गरिएको छ।
सी. बी. राईको अध्यक्षतामा सम्पन्न संगठनात्मक सभामा समष्टि गोर्खा राष्ट्रिय नारी संगठनकी अध्यक्षा मुन्ना तामाङको प्रमुख उपस्थिति रहेको थियो। सभामा संगठनलाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी ढंगले सञ्चालन गर्ने उद्देश्यले नयाँ कार्यकारिणी समिति गठन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको थियो।

सभाबाट प्रशाखा अध्यक्षमा प्रतीक्षा राई, उपाध्यक्षमा चन्द्रदेवी राई, सचिवामा डोमा शेर्पा, सह-सचिवमा रोसना राई तथा कोषाध्यक्षमा सरिता सुब्बालाई सर्वसम्मत रूपमा चयन गरिएको छ। त्यसैगरी कार्यकारिणी सदस्यहरूमा मुनु सुब्बा, कुमारी राई, सोममाया राई, चन्द्रदेवी राई, मनिषा छेत्री, अञ्जना राई, नरमाया सुब्बा, मेनुका राई, कल्पना राई, प्रतीक्षा राई, सञ्जु तामाङ, डोमा शेर्पा, सरिता सुब्बा तथा रोसना राईलाई चयन गरिएको छ।

सभामा वक्ताहरूले महिला सशक्तीकरण, संगठन विस्तार तथा गोर्खा समुदायको अधिकार र पहिचानको निम्ति महिलाहरूको भूमिका अझ महत्वपूर्ण रहेको उल्लेख गर्दै नवगठित प्रशाखालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

नवगठित समितिले संगठनको नीति, सिद्धान्त र उद्देश्यलाई गाउँस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउँदै महिला सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ। त्यसअघि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटीअन्तर्गत पुलबिजनबारी–गोक समष्टिले संगठन विस्तार अभियानलाई युद्धस्तरमा अघि बढाएको थियो। पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङका अनुसार समष्टिले गाउँस्तरमा संगठन सुदृढीकरण तथा कार्यकर्ता परिचालनलाई प्राथमिकता दिँदै विभिन्न शाखाहरूमा संगठनात्मक गतिविधि सञ्चालन गरिरहेको थियो। यसैक्रममा समष्टि उपाध्यक्ष गाइस सुब्बा, गोरायुमो समष्टि अध्यक्ष अमोद लकान्द्री, सचिव जीवन प्रधान तथा समष्टि सदस्यहरू पेम्बा डुक्पा, मुकुल सुब्बा र सुमन कालिकोटेको नेतृत्वमा नयाँ नुर ग्राम पञ्चायतअन्तर्गत साकफारा शाखा र लोवर नुर शाखामा पार्टी कार्यकर्ताहरूसँग भेटघाट तथा संगठनात्मक सभा सम्पन्न गरियो।

सभाका क्रममा सन् १९८६ देखि जाति र माटोको पक्षमा निरन्तर संघर्ष गर्दै आएका गोरामुमोका कर्मठ सदस्यहरूलाई समष्टि उपाध्यक्ष गाइस सुब्बाले खादा ओढाएर सम्मान व्यक्त गरे।बदुवै शाखालाई थप सशक्त र सक्रिय बनाउने उद्देश्यले आयोजित उक्त सभाले प्रत्येक शाखाका लागि दुई-दुई जना संयोजक चयन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। सोहीअनुसार साकफारा शाखाका लागि कृष्णबहादुर सुब्बा र पवन सुब्बा तथा लोवर नुर शाखाका लागि विष्णु सुब्बा र सन्तोष राईलाई संयोजकको रूपमा सर्वसम्मतिले चयन गरिएको जानकारी दिइएको छ।

नवनियुक्त संयोजकहरूलाई गाइस सुब्बा, अमोद लकान्द्री तथा जीवन प्रधानले खादा ओढाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, संगठनलाई अझ बलियो र जनमुखी बनाउँदै गाउँ–गाउँसम्म पार्टीको पहुँच विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

Share this news
आजको रोजाइ
गोरानासं दार्जीलिङ ब्राञ्च कमिटीद्वारा ‘गाउँ पसौँ अभियान’ को शुभारम्भ

गोरानासं दार्जीलिङ ब्राञ्च कमिटीद्वारा ‘गाउँ पसौँ अभियान’ को शुभारम्भ

पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङद्वारा ‘स्रष्टा पुरस्कार-२०२६को घोषणा

पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङद्वारा ‘स्रष्टा पुरस्कार-२०२६को घोषणा

रावली गाउँ तथा भुजेल गाउँमा गोर्खा राष्ट्रिय नारी संगठनको प्रशाखा गठन

रावली गाउँ तथा भुजेल गाउँमा गोर्खा राष्ट्रिय नारी संगठनको प्रशाखा गठन

आर्थिक वर्ष २०२६-२७ को भाजपा सरकारको पहिलो पूर्ण बजेट प्रस्तुत गरिने

आर्थिक वर्ष २०२६-२७ को भाजपा सरकारको पहिलो पूर्ण बजेट प्रस्तुत गरिने

ISL क्लबहरूद्वारा AIFF को OCI फुटबल नियमको विरोध गर्छन्

ISL क्लबहरूद्वारा AIFF को OCI फुटबल नियमको विरोध गर्छन्

कडा सुरक्षामा आयोजित NEET-UG बीस लाखभन्दा बढीले परीक्षा दिए

कडा सुरक्षामा आयोजित NEET-UG बीस लाखभन्दा बढीले परीक्षा दिए

रातो कार्ड, VAR विवाद र चुक्ने अवसरबीच बेल्जियम-इरान गोलरहित बराबर

रातो कार्ड, VAR विवाद र चुक्ने अवसरबीच बेल्जियम-इरान गोलरहित बराबर

विश्व संगीत दिवसः अशोक राई स्कूल अफ म्युजिकद्वारा भव्य सांगीतिक कार्यक्रम

विश्व संगीत दिवसः अशोक राई स्कूल अफ म्युजिकद्वारा भव्य सांगीतिक कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवस: ☆रुबेन गुरूङ, तकभर टीई, दार्जीलिङ।

अन्तर्राष्ट्रिय योग दिवस: ☆रुबेन गुरूङ, तकभर टीई, दार्जीलिङ।

मयनागुडीमा भीषण बस दुर्घटना, चार जनाको मृत्यु

मयनागुडीमा भीषण बस दुर्घटना, चार जनाको मृत्यु

आजको रोजाइ