गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा

Share this news

तीनधारे, (निसं): गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा तीनधारेको बीस माइलमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता गोजमुमो तीनधारे खण्ड समितिको संयोजक सनतचन्द्र लोहारको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई गोजमुमो तीनधारे महानदी समष्टिको सभापति ऐतमान राईले सञ्चालन गरेका थिए।

सभामा गोजमुमो केन्द्रीय सदस्य एवं पञ्चायत सदस्य योगराज प्रधान, खरसाङ महकुमा समितिको सभापति योगेन्द्र राई, महकुमा समितिको सचिव रोहित स्याङ्बो, सह सचिव विकास तिरुवा, घैयाबारी खण्ड समितिको संयोजक दिप सन्यासी र सभाध्यक्ष सनतचन्द्र लोहार आदिले सम्बोधन गरेका थिए।

सभामा वक्ताहरुले गोजमुमो पार्टीको सांगठनिक गतिविधि र आगामी दिनहरुमा पार्टीको गतिविधि तीब्र पारिने भएको बताएका छन्‌‍। यसको साथै वक्ताहरुले पार्टीको कतिवटा अड़ानहरु र भावी रणनीतिहरु साथै आगामी चुनावलाई लिएर पनि चर्चा परिचर्चा गरिएको छ। सभामा वक्ताहरुले गोजमुमोले चुनाव मात्रै होइन तर मुद्दाप्रति फोकस गरेर सभाहरु गरिने विषयमा पनि चर्चा परिचर्चा गरिएको छ।

सभामा गोजमुमो तीनधारे महानदी समष्टिको सभापति ऐतमान राई, खरसाङ टाउन कमिटीको सचिव गोपाल प्रधान, तीनधारेबाट प्रसाद लोहार लगायत अन्यहरु पनि उपस्थित रहेका थिए। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै गोजमुमो खरसाङ महकुमा समितिको सचिव रोहित स्याङ्बोले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।


Share this news
आजको रोजाइ
सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

राज्यस्तरीय चासोक तोङ्गनाम पर्व सरम्सा उद्यानमा आयोजित

राज्यस्तरीय चासोक तोङ्गनाम पर्व सरम्सा उद्यानमा आयोजित

सुन्तलामा किरा लाग्ने रोगले कृषकहरू हैरान

सुन्तलामा किरा लाग्ने रोगले कृषकहरू हैरान

वार्ड नम्बर 6 मा अमरूत 2.0 पानीको परियोजना विषय लिएर सभा

वार्ड नम्बर 6 मा अमरूत 2.0 पानीको परियोजना विषय लिएर सभा

स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि मुथुम ईलेभेन सिलगढ़ीले जितेको छ

स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि मुथुम ईलेभेन सिलगढ़ीले जितेको छ

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सांगठनिक सभा

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सांगठनिक सभा

मजुवा बस्तीमा गत केहि समयदेखि चितुवा को आतंक

मजुवा बस्तीमा गत केहि समयदेखि चितुवा को आतंक

गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा

गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा

दार्जीलिङ जिल्लाले उत्कृष्ट ब्याटमिन्टन खेलाड़ीहरू जन्माइरहेकोमा सांसद राजु विष्टले प्रगरे प्रशंसा

दार्जीलिङ जिल्लाले उत्कृष्ट ब्याटमिन्टन खेलाड़ीहरू जन्माइरहेकोमा सांसद राजु विष्टले प्रगरे प्रशंसा

बजार अनि पहाड़ र समतल जोड़ने सड़कहरूमा लगाइएका होडिङ र साइनबोर्डले क्षेत्रको सुन्दरतामा कमी ल्याउने काम गरेकोछ

बजार अनि पहाड़ र समतल जोड़ने सड़कहरूमा लगाइएका होडिङ र साइनबोर्डले क्षेत्रको सुन्दरतामा कमी ल्याउने काम गरेकोछ

आजको रोजाइ