घूम-जोरबंगलो समष्टि भानु जयन्तीमा गाँउ सफाई 

Share this news

दार्जीलिङ, 14 जुलाई(निसं): आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको उपलक्ष्यमा भागोप्रमो(भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा) घूम-जोरबंगलो युवा शक्तिको सक्रियतामा गाँउ समाजमा सफाई अभियान कार्यक्रम गर्‍यो।
भागोप्रमो युवा शक्ति घूम-जोरबंगलो समष्टिको अध्यक्ष दावा भुटिया, सचिव साजन तामाङ लगायत क्षेत्रीय सभासद् प्रभाष्कर ब्लोन, अमरदीप  समाजको सभापति साथै भागोप्रमो पार्टीको शाखा सभापति  रोशन कुमार ठकुरी साथै स्थानीय समाज सदस्यहरुको व्यापक उपस्थिति बिच घूम जोरबङ्गलो समष्टिको वार्ड नम्वर-4 का सबै स्थानहरुमा सरसफाई गरिने कार्य गरियो।साथै क्षेत्रको व्यापक सरसफाई अभियान अनि ठाउँ ठाउँमा डास्ट बीन लगाउने कार्य साथै बाटोमा ब्लिचिङ पाउडर छर्किने कार्य गरियो भनी समष्टि युवा शक्तिले बताएको छ।
समष्टिको जानकारी अनुसार, यसै सरसफाई अभियान कार्यक्रमबारे बोल्दै भागोप्रमो घूम-जोरबंगलो समष्टि  युवा शक्तिको अध्यक्ष साङ्गे भुटियाले प्रेस सम्बोधन गर्दै भने,  हरेक साल समाजले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती बिभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाउदै आइरहेका छौ।तर यसपटक केहि फरक तरिकाले गाँउ घरको सरसफाइ गरेर आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती पालन गरिरहेका छौं।विशेष गरेर अहिले बर्खायामको समय छ, बाटो-घाटोहरुमा झार-जंगल बढेर लेउहरु जमिएको कारण  मानिसहरुलाई गाँउ घरका साँघुरो बाटोहरुमा हिडनु एकदमै मुस्किल हुन्छ।
भएन लेऊमा चिप्लिएर लडेेर चोटपटक लाग्ने पनि व्यापक सम्भवना भएको कारणले गर्दा हामीले यस चोटि आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती गाँउ घरको बाटोघाटोहरु सरसफाई गरेर  आदिकवि भानुभक्त आचार्य प्रति चोखो श्राद्धञ्जली अर्पण गरेका छौ ‌। साथै यस सरसफाई अभियानमा केही सामाग्रीहरु प्रदान गरी सहयोग पुर्‍याउने दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरी  क्षेत्रीय सभासद प्रभाष्कर ब्लोन युवा शक्ति समष्टि सचिव साजन तामाङ लगायत अन्य सहयोगी दाताहरु प्रति आभार पनि प्रकट गरे। गाँउ समाज सर-सफाई अभियानमा आफु पनि संलग्न भएको घूम बंगलो समष्टिको सभासद् प्रभाष्कर ब्लोनले पनि आजको भानु जयन्ती कार्यक्रममा गाँउ-घर सर सफाई गरेर एउटा सफा चोखो परिवेश र बिचारको जनसन्देश दिन चाहेको उनले बताए।यसै कार्यक्रम अवधि भागोप्रमो युवा शक्तिको ‌पहलमा घूम क्षेत्रको बिभिन्न वार्डहरुमा पार्टीको झण्डा लगाउने कार्य पनि सम्पन्न गरिएको थियो‌।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न