मेयर गौतम देबले श्रद्धाञ्जली दिए शहीद मेजर दुर्गा मल्ललाई

सिलगढी नगर निगमका मेयर गौतम देबले स्वाधीनता सेनानी शहीद मेजर दुर्गा मल्ललाई श्रद्धाञ्जली अर्पण गरे। यहाँको वीर जवान चौकमा अवस्थित शहीद मल्लको सालिकमा देबले श्रद्धाञ्जली अर्पण गरे। यसक्रममा, डिप्युटी मेयर रञ्जन साकर, राम भजन महतो, श्रीमती गार्गी च्याटर्जी, श्रीमती शोभा सुब्बा, राम क्षेत्री लगायत व्यक्तिहरू उपस्थित भई शहीदलाई श्रद्धाञ्जली अर्पण गरे। बलिदान दिवसको उपलक्ष्यमा रक्तदान शिविरको पनि आयोजना गरियो, जहाँ 41जनाले स्वेच्छाले रक्तदान गरे।।

Leave a Reply