Share this news

खरसाङ, 6 जुलाई (निसं)ः पादरी गङ्गाप्रसाद प्रधान र हरिभक्त कटुवालको जन्म जयन्ती एकसाथ पालन गरिएको छ। सालबारीमा पादरी गङ्गाप्रसाद प्रधानको 174 औँ र हरिभक्त कटुवालको 90 औँ जन्म-जयन्ती संयुक्त रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमको शुभारम्भ मोनिका प्रधान र देविका मंग्रातीद्वारा दीप प्रज्वलन तथा डा. सञ्जय बान्तवा र मिलन रुचालद्वारा विभूतिद्वय पादरी र कटुवालका तस्विरमा खादार्पण गरेर गरियो। कार्यक्रममा पादरीमाथि डीएस बम्जन र डा. हेमन्त काभफ्लेले वक्तव्य राखेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन ठकुरीले कवि कटुवालद्वारा लिखित एउटा कविता पाठ गर्नका साथै कटुवालमाथि वक्तव्य पनि राखेका थिए। डा. सञ्जय बान्तवाले पनि पादरी र कटुवालमाथि आफ्नो सारपूर्ण वक्तव्य राखेका थिए। कार्यक्रममा कविता पाठको क्रममा मिलन रुचाल, ज्ञानेन्द्र खतिवड़ा, मनोज बोगटी, देविका मंग्राती, मोनिका प्रधान, लीलबहादुर सुनार, शरण ‘शरद’, राजा पुनियानी, कृष्ण प्रधान ‘अर्पण’, नरबहादुर छेत्री, मणिकुमार प्रधानले कटुवालका एक-एकओटा चयनित कविता पाठ गरे भने नोर्जाङ स्याङदेनले कटुवालमाथि एउटा स्वरचित कविता पढ़ेर सुनाएका थिए। कार्यक्रमको दोस्रो चरणमा कवि नोर्जाङ स्याङदेनको कविता सङ्ग्रह ‘कविता जस्तै कविताहरू’-को दोस्रो संस्करण विधिवत् लोकार्पित भयो। यस कार्यक्रममा कवि पूर्ण मंगर र पत्रकार उमेश परियार पनि उपस्थित रहेका थिए। जीत सुनारले धन्यवाद ज्ञापन गरेपछि कार्यक्रमको समापन गरिएको जानकारी प्राप्त भएको छ।


Share this news
आजको रोजाइ
जलाधार महोत्सव पर्यावरणीय उत्तरदायित्वको महत्त्व

जलाधार महोत्सव पर्यावरणीय उत्तरदायित्वको महत्त्व

गाउँलाई पुच्का खुवाउने परिश्रमी भाष्कर राई 

गाउँलाई पुच्का खुवाउने परिश्रमी भाष्कर राई 

बिक्रम थापा बने अरुणाचल प्रदेशमा आयोजित ब्रुट विजेता

बिक्रम थापा बने अरुणाचल प्रदेशमा आयोजित ब्रुट विजेता

घलेगाउँ विशाल राईको घरमा आगलागी 

घलेगाउँ विशाल राईको घरमा आगलागी 

हिमालय इनिशिएटिवको एक्शन फर माउन्टेन एण्ड पिपल्स कार्यक्रम

हिमालय इनिशिएटिवको एक्शन फर माउन्टेन एण्ड पिपल्स कार्यक्रम

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने