Foundation Day Observance by Committee

क्रामाकपा दा.अ. कमिटिद्वारा पार्टीको 29औं स्थापना दिवस पालन

Share this news

क्रामाकपा पार्टी दार्जीलिङ आञ्चलिक कमिटीको तत्वधानमा क्रामाकपाको 29औं स्थापना दिवस क्रामाकपा पार्टी कार्यालय रतनलाल ब्राह्मण स्मृति भवनमा आइतबार आयोजन गरिएको थियो। कार्यक्रमलाई अघि बढाउँदै सर्वप्रथममा क्रामाकपा परामर्श कमिटीका चेयरम्यान कम० आर० बी० राई लगायत केन्द्रीय कमिटीका वरिष्ठ कमरेडहरुबाट शहीद वेदीमा पुष्प अर्पण साथै मौन धारण गरियो। स्थापना कार्यक्रमलाई परामर्श कमिटीका चेयरम्यान कम० आरबी राईद्वारा केक काटेर यो कार्यक्रम सुरु गरियो।
कार्यक्रमलाई आफ्नो महत्त्वपूर्ण सम्बोधन राख्दै क्रामाक्पा परामर्श कमिटीका चेयरम्यान कम आरबी राईले, क्रामाकपाको जन्म नै बङ्गाल सरकारको हामी माझमा हेर्ने व्यवहार र बहुजातीय थिचोमिचोको कारण हामीले जातीय उन्मुक्तिको निमित्त अर्को कम्युनिस्ट पार्टी सुरु गरेको हौ भने, हाम्रो भूमि हाम्रो बाजेबोजुहरुले जङ्गल फाडेर सजाएको ठाउँ हो हामीलाई अहिले आएर बसेका भन्दा मान्दैनौं भन्ने तर्क राखी। बिजेपी सम्बन्ध यदि हाम्रो माग पुरा भएन भने तोड्न पनि पछि नहट्ने बताए। सभालाई कम० उद्धव खनाल साथै कम० कृष्णवीर राईद्वारा सञ्चालन गरियो। कार्यक्रमलाई क्रामाकपा युवा मोर्चा अध्यक्ष सुसन लामा साथै वरिष्ठ कमरेड फुर्वा छिरिङ डुक्पाद्वारा अभिनन्दन भाषण गरियो साथै केन्द्रीय सचिवा कम० सन्जिला घिसिङले एउटा प्रगतिवादी कविता पठन उद्धेलित गर्दै आफ्नो सम्भाषण राखेकी थिइन्।
परामर्श कमिटीका वरिष्ठ नेता कम आरपी पाख्रिनले, संसारको अतिवादी विचार भएका मानिसहरूप्रति चिन्तनीय विचार राखे। यसमा अमेरिकाको पुञ्जीवाद र साम्राज्यवादको उल्लेखित गर्दै विकल्पमा मार्क्सवादी सिद्धान्तको उल्लेख गरे यदि यो संसारलाई बचाएर राख्ने हो भने रातो झण्डाले मात्रै हुनसक्ने अनुभव पोखे। पाख्रिनले 29औं स्थापना दिवसलाई अझ बलियो भएर अघि बढ्ने आग्रह गरे।
संगठन प्रमुख कम० शेखर छेत्री वक्तव्यको क्रममा सम्पूर्ण उपस्थित कमरेडहरूलाई रक्तिम अभिनन्दन टक्राउँदै क्रामाकपाको जन्म नै हाम्रो जातीय स्वाभिमान र संरक्षणको निम्ति १९९६ सालमा भएपछि आज २९ वर्षसम्म हिँडिरहेको बताए। आगामी दिनमा विधानसभाको निमित्त पार्टीको दिशा निर्देशको निमित्त तयार रहने आव्हान गरे।
सभाको क्रममा क्रामाकपा कार्यकारी अध्यक्ष कम० बीएम राईले आफ्नो सम्भाषण गर्दै भने, घाम पानी सबै सहेर आजसम्म यो पार्टीलाई साथ दिने कमरेडहरूलाई अभिनन्दन दिँदै जातीय र आत्मनिर्णयको लडाई अघि लगिरहेको छौं, भन्दै उनले यो दल लागिपरेको बताए। राजनीतिक परिपेक्षमा केन्द्र सरकारको हाम्रो जातिमाथि उदासीन व्यवहारप्रति असन्तुष्ट भएको कुरा राखे। क्रामाकपा पार्टीलाई यसरी नै अनदेखा गरे आगामी विधानसभामा कुन निर्णय गर्नुपर्ने सोच्नुपर्ने छ भन्ने कुरा राखे।


Share this news
आजको रोजाइ
सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

राज्यस्तरीय चासोक तोङ्गनाम पर्व सरम्सा उद्यानमा आयोजित

राज्यस्तरीय चासोक तोङ्गनाम पर्व सरम्सा उद्यानमा आयोजित

सुन्तलामा किरा लाग्ने रोगले कृषकहरू हैरान

सुन्तलामा किरा लाग्ने रोगले कृषकहरू हैरान

वार्ड नम्बर 6 मा अमरूत 2.0 पानीको परियोजना विषय लिएर सभा

वार्ड नम्बर 6 मा अमरूत 2.0 पानीको परियोजना विषय लिएर सभा

स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि मुथुम ईलेभेन सिलगढ़ीले जितेको छ

स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि मुथुम ईलेभेन सिलगढ़ीले जितेको छ

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सांगठनिक सभा

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सांगठनिक सभा

मजुवा बस्तीमा गत केहि समयदेखि चितुवा को आतंक

मजुवा बस्तीमा गत केहि समयदेखि चितुवा को आतंक

गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा

गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा

दार्जीलिङ जिल्लाले उत्कृष्ट ब्याटमिन्टन खेलाड़ीहरू जन्माइरहेकोमा सांसद राजु विष्टले प्रगरे प्रशंसा

दार्जीलिङ जिल्लाले उत्कृष्ट ब्याटमिन्टन खेलाड़ीहरू जन्माइरहेकोमा सांसद राजु विष्टले प्रगरे प्रशंसा

बजार अनि पहाड़ र समतल जोड़ने सड़कहरूमा लगाइएका होडिङ र साइनबोर्डले क्षेत्रको सुन्दरतामा कमी ल्याउने काम गरेकोछ

बजार अनि पहाड़ र समतल जोड़ने सड़कहरूमा लगाइएका होडिङ र साइनबोर्डले क्षेत्रको सुन्दरतामा कमी ल्याउने काम गरेकोछ

आजको रोजाइ