भारत नेपाल सीमावर्ती क्षेत्रमा रहेको सशस्त्र सीमाबल एसएसबीले भारतदेखि बाहिर रहेका बिदेशीहरूलाई पक्राउ गरेको छ। जानकारी अनुसार उनीहरू तीनजना रहेको र क्यामरुनबाट भारतमा आएर लुकीछिपी बसेको बताइएको छ। उनीहरू आइतबार पानीघट्टामा आयोजित फुटबल खेलमा एउटा कुनै दलबाट खेल्न आएको तर उनीहरू तीनैजनाको भीसा म्याद पूरा भएर पनि भारतको सिलगढी क्षेत्रको कुनै स्थानमा बस्दै आएको जानकारी प्राप्त भएको छ। उनीहरू तीनै जनालाई पानीघट्टा पुलिस आउट पोस्टमा ल्याएर पुलिसलाई जिम्मा दिइएको छ भने अहिले उनीहरू पानीघट्टा पुलिस आउट पोस्टको कस्टडीमा रहेका छन्।
भारत-नेपाल सीमावर्ती क्षेत्रमा बिदेशीहरू पक्राउ
- Post author:admin
- Post published:July 21, 2025
- Post category:सूचना
- Post comments:0 Comments
Tags: पानीघट्टा