Five day pickle

गोक-तकवियामा पाँच दिने अचार, जाम र जेली बनाउने प्रशिक्षण

Share this news

गोक-तकविया को-अपरेटिभ ब्याङ्कमा, उक्त ब्याङ्कका म्यानेजर रामकुमार राईको मार्ग-निर्देशनमा पाँचदिवसीय अचार, जाम र जेली बनाउने प्रशिक्षण शिविरको आयोजन गरिएको थियो। गत ८ सेप्टेम्बरदेखि थालिएको उक्त शिविरको समापन शुक्रबार भएको थियो। उक्त शिविरमा क्षेत्रका ६ वटा स्वनिर्भर समूहहरूको सहभागिता रहेको थियो भने प्रशिक्षकको रुपमा सिलगढीबाट समीर जाना आएका थिए। उनको प्रशिक्षणबाट स्वनिर्भर समूहका प्रशिक्षणार्थीहरूले धेरै फाइदा भएको बताए। ब्याङ्क म्यानेजर राईले, क्षेत्रका स्वनिर्भर समूहका सदस्यहरूले प्रशिक्षणबाट पाएको ज्ञानबाट सामग्रीहरू बनाएर बिक्री गर्दा पौराखीहरूको परिवारहरूको आर्थिक अवस्था सुध्रिएर जाने बताउँदै भविष्यमा अन्य प्रशिक्षणको पनि व्यवस्था मिलाउने बताए। यो समापनको क्रममा म्यानेजर राई अनि प्रशिक्षक जानाप्रति प्रशिक्षणार्थीहरूको पक्षबाट आभार व्यक्त गरिएको सीता गुरूङले जानकारी दिएकी छिन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न