पोख्रेबोङ एकता परिवारको पाँचौं वार्षिकोत्सव

Share this news

पोख्रेबोङ क्षेत्रको एक सक्रिय तथा पञ्जीकृत गैरसरकारी संस्था ‘एकता परिवार’ले आज आफ्नो स्थापनाको पाँचौं वार्षिकोत्सव उत्साहपूर्वक पालन गरेको छ। सामाजिक सेवामा निरन्तर लागिरहेको संस्थाले विगत पाँच वर्षको तिता–मीठा अनुभवलाई सम्झँदै केक काटेर वार्षिकोत्सव मनायो।
समारोहमा संस्थाका अध्यक्ष अमीर राई, सचिव राजेश खवास लगायत संस्थाका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विगत वर्षहरूमा गरिएको सामाजिक कार्यहरूको समीक्षा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा समाजसेवामा योगदान पुर्याषउने अठोट व्यक्त गरिएको छ। संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ। पाँच वर्षको यात्रामा संस्था सशक्त रूपमा अघि बढेको र अझ संगठित भएर समुदायको सेवामा लागिरहने प्रतिबद्धता अध्यक्ष अमिर राई एवं सचिव राजेश खवासले कार्यक्रमका क्रममा जाहेर गरे।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न