कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

Share this news

मजुवा, 6  दिसम्बर (निसं): कृषकहरू डल्ले खोर्सानीको खेतिप्रति आकर्षित साथै लाभान्वित भएको देखिन्छ। विभिन्न थरीका जंगली जनावरहरूको रगरगीले सताएपछि कतिपय कृषकहरू डल्ले खोर्सानीको खेतिप्रति आकर्षित बनेका छन्। दार्जीलिङ पहाडको निकै चर्चित तथा नामी कोशेली डल्ले खोर्सानी नामैले मानिसहरूलाई मोहित बनाउछन्। उक्त डल्ले खोर्सानीको खेती धेरै तापमानमा तथा धेरै ठण्डामा पनि उत्पादन हुन नसक्ने यसको धेरै प्रजातिमा पाइन्छ। विभिन्न रोगव्याधिले सताउन थालेको डल्ले खोर्सानीको खेति गर्ने तरिका आआफ्नै ढाँचामा गर्ने गरेको पाइन्छ। हालमा मल्चिङ् प्रयोग गरेर गरिएको यसको खेतिमा सकारात्मक तथा राम्रो फसल लागेको कृषक मिरा राईले बताए। उनको अनुभवमा जनवरी महिनाको अन्ततिर वीजन छरेर मार्चको तथा अप्रेल महिनाको दोस्रो हप्तासम्म पिकिङ आउट पटेट- गरिएको विरूवा जुन महिनाको पहिलो 10 दिनभित्रमा मल्चिङ् गरेर रोपन गर्न सके सेप्टेम्बरदेखि फसल लाग्ने गर्छन्। साधारण मल जलमा ध्यान दिएर जैविक रूपमा गाईको मल, भार्मि कम्पोस्ट तथा कुखुराको सुलीमा राम्रो फस्टाउने गरेको र डल्लेको सुगन्ध पनि यथावत् तिख्खर बस्ने गरेको उनिहरूको अनुभव रहेको छ। किटनाशक औषधिहरूमा पनि जैविक घरेलु उत्पादन औषधि प्रयोग गर्ने गरे खोर्सानीको जुन राग छ,त्यो अति पिरो अनि स्वादिष्ट हुने उनीहरूले बताएका छन्।

Share this news
आजको रोजाइ
मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

पर्यटकको प्रतीक्षामा अवहेलित जामुने

पर्यटकको प्रतीक्षामा अवहेलित जामुने

धान उठाउन लाग्दा मौसमले दियो साथ

धान उठाउन लाग्दा मौसमले दियो साथ