Durga Mall Jayanti Celebrations

कोलकातामा दुर्गा मल्ल जयन्ती पालन

Share this news

भारतीय गोर्खा सङ्घ, कोलकाताद्वारा स्वाधीनताका शहीद दुर्गा मल्ल जयन्ती मङ्गलबार पालन गरिएको थियो। सङ्घकी अध्यक्ष बबीता राईद्वारा अध्यक्षता गरिएको समारोहका प्रमुख अतिथिको रुपमा समाजसेवी नारायण हुमागाईं उपस्थित थिए। 5/1, टेनर हेस्टिङ्ग चेन्नई रोडमा अवस्थित शहीद दुर्गा मल्लको सालिकमा कोलकातावासी गोर्खाहरूले भक्तिभावसहित फूलमालाद्वारा श्रद्धाञ्जली चढाए। सञ्जीव गुरूङद्वारा सञ्चालित समारोहमा कोलकाताका सबै गोर्खा संघ-संस्थाहरूलाई निम्तो दिइएको थियो। जसमा सन्तोष दर्नाल, विकास कार्की, प्रकाश राई, कृष्ण लाल, मणि प्रधान सपन जाना, सुरेश प्रधानले गोर्खे शहीद दुर्गा मल्लमाथि गहन वक्तव्य राखेका थिए।
स्मरण गराइन्, 1965 मा स्थापना गरिएको यो सङ्घले गोर्खाहरूको प्रत्येक चाढपर्वहरूको आयोजन गर्दै आइरहेको छ। यसैक्रममा 2013 मा आजाद हिन्द फौजका प्रथम गोर्खे शहीद दुर्गा मल्लको सालिक स्थापना गरी उनको जन्म जयन्ती र बलिदान दिवस पालन गर्दै आइरहेको सङ्घका सचिव बिनता छिरिङ लेप्चाले जनकारी दिएका छन्।

Durga Mall Jayanti Celebrations


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न