विशिष्ट समाजसेवी र गीतकार डा. पुनम सुब्बाको शब्द, सङ्गीतकार युजेन लामाको सङ्गीत र संयोजनमा गायिका हीरा रसाइलीको आवाजमा अधरमा मुस्कान ल्याउन सकिन रेकर्डिङ्ग गरिएको छ। दार्जीलिङको सरगम स्टुडियोमा, स्टुडियोकै प्रमुख ध्रुब पी. लामाद्वारा बुधबार रेकर्डिङ्ग गरिएको छ। ‘यो गीत, कविता हो, त्यसलाई आफुले थाह नपाई लामाले सुन्दर सङ्गीत गरिदिएको’ डा. सुब्बाले बताइन्। ‘उक्त गीत, राम्रो, तर गाह्रो पनि तर आफुले न्याय दिन नसकेकोले फेरि रेकर्डिङ्ग गर्ने’ गायिका रसाइलीको सोच रहेको छ। यसरी नै ‘फेरि रेकर्डिङ्ग गर्दा गीत अझ उत्कृष्ट बन्ने’ सङ्गीतकार लामाले बताए।
डा. पुनम सुब्बाको अधरमा मुस्कान… गीतको रेकर्डिङ्ग
- Post author:admin
- Post published:July 18, 2025
- Post category:मनोरञ्जन
- Post comments:0 Comments