अन्तरिम सरकार गठन पश्चात् भ्रष्टाचार आयोग बनाएर सबै दलका नेताहरूको सम्पत्ति छानबिन र आन्दोलनमा गोली हान्न आदेश दिनेहरुलाई कारबाहीको प्रस्ताव तीन दलले नमानेपछि सुशीला कार्कीले भनिन् , ” भ्रस्टाचार अपराध गर्नेको छानबिन हुनुपर्छ ! यदि छानबिन गर्न पाइँदैन भने मलाई हातखुट्टा बाधिएको प्रधानमन्त्री पद चाहिँदैन।
