मिरिक महकुमा अन्तर्गतका विभिन्न ठाउँमा गत 4 अक्टोबर विहान खेरी आएकाे विनाशकारी पैह्राेकाे चपेटकाे परेर प्रभावित बनेका पैह्राे पिडितहरूलाई साेमबार क्षतिपूर्ति वितरण गरियाे। अत्तर बङ्गालमा आएकी मुख्यमन्त्री ममता ब्यानर्जीकले मिरिक बजार सार्वजनिक भवनबाट भरच्युल सम्बाेधन गरेकी थिइन्। त्यसपछि मिरिक महकुमा शासक तेन्जी सिमकी ओगेन, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक खण्ड विकास अधिकारी, सभासदहरू मिलेस राई, धुर्ब बम्जन, मिरिक पन्चायत समितिका चेयरम्यान कैलास खवास, मिरिक पन्चायत समिति सदस्य समीर राई, जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गाेले, तृणमूल कंग्रेस युवा जिल्ला उपाध्यक्ष विकास सुब्बालगायत अन्य पदाधिकारी आदिले मिरिक महकुमा अन्तर्गत ग्राम पन्चायत क्षेत्रका 358 अनि मिरिक नगरपालिका क्षेत्रका 300 पैह्राे पीडितहरूलाई एक लाख बीस हजार रूपियाँ प्रदान गरे।










