Distribution of 212

कृषि-भूमि संरक्षण शाखाद्वारा मौरीको २१२ डुँड वितरण

Share this news

पश्चिम बगांल सरकार कृषि विभागको भुमि संरक्षण शाखा अनि हिल डेभलपमेन्ट दार्जिलिङ अनि सिटोङ थ्री जीपीको सहयोगितामा आज सिटोङ -३ ग्रामपञ्च्यात अन्तर्गत रोलक लङ्कु कलस्टरका कृषकवर्गलाई आधुनिक ढाँचाको मौरीको डुँड वितरण गरियो । यसक्षेत्रका २१२ जना कृषकहरुलाई उक्त मौरीको डुँड आज कृषि विभागीय सह- निर्देशक पी० एन बस्नेत साथै टोली लगायत सिटोङ थ्री ग्रामपञ्च्यात उपप्रधान लाडुप लेप्चाको उपस्थितिमा ग्रामपञ्च्यात कार्यलय परिसरमा वितरण गरियो । उक्त अवसरमा यसपालि सरकारको प्रकल्प अनुसार यसरी यसक्षेत्रका कृषकवर्गलाई आरएडी – सीसी -२०२५-२०२६ अन्तर्गत यस्ता विभिन्न सहुलियत र सहयोग प्रदान गरिएको सह निर्देशक पि०एन० बस्नेतले जनाए । साथै भोलिको दिनमा मौरीपालनसंग सम्बन्धित सरसामाग्रीहरु पनि प्रदान गरिने अनि मौरीपालन वारे तालिम पनि गराईने पनि तिनले बताएका छन्। स्मरण रहोस कि उक्त विभागले विगत दिनमा रोलक लङ्कु कलस्टर अधीनस्थ कृषक समुहलाई कोदोको बिऊ निंबु सुन्तलाको बिरुवा कुखुराको चल्ला ५० वटा चारोसहित माछाको भुर्रा ४०० वटा चारोसहित प्रदान गरिसकेका छन् भने आज यसरी पुनः २१२ जना कृषकहरुलाई मौरीको डुँड पनि वितरण गरिएको छ । अनि आगमी दिनमा गनेँउला पालनहेतु किट्स र उन्नत प्रजातिको एप्पलको बिरुवाहरु पनि दिने उल्लेख गर्दै भविष्यमा सम्पुर्ण क्षेत्रलाई समेटेर अझ बृहत् रुपमा कृषि संस्कार साथै भुमि सरंक्षणवारे वारे कार्य गर्दै जाने पनि सह निर्देशक बस्नेतले बताएका छन्। अर्कोतिर यसरी विभागीय सहयोग र सहुलियतहरु प्रदान गरिएकोमा गाँउवासीको पक्षवाट सिटोङ थ्री जीपी उपप्रधान लाडुप लेप्चा अनि कृषक प्रतिनिधि सन्तकमार माझीले विभागीय अधिकारीप्रति आभार व्यक्त गरेका छन्।


Share this news
आजको रोजाइ
कुनै पनि स्थितिकाे सामना गर्न आफूहरू तयार रहेको भनाइ

कुनै पनि स्थितिकाे सामना गर्न आफूहरू तयार रहेको भनाइ

साकेत अवस्थित जीटीएको जमिन दखल हुने आशङ्का

साकेत अवस्थित जीटीएको जमिन दखल हुने आशङ्का

उत्तर पूर्वी राज्यहरूको भ्रमणपछि गोएएस टोली फर्कने क्रममा

उत्तर पूर्वी राज्यहरूको भ्रमणपछि गोएएस टोली फर्कने क्रममा

HS सेमेस्टर III को परिणाम प्रतिवेदन र र्याङ्क आशालाग्दो

HS सेमेस्टर III को परिणाम प्रतिवेदन र र्याङ्क आशालाग्दो

हर्टी एक्सपोको उत्कृष्ट योजना जागरुकतामा सिक्किम प्रथम

हर्टी एक्सपोको उत्कृष्ट योजना जागरुकतामा सिक्किम प्रथम

कृष्ण गुरूङ फर्के बङ्गला चलचित्रको शुटिङ्ग सकेर

कृष्ण गुरूङ फर्के बङ्गला चलचित्रको शुटिङ्ग सकेर

कृषि-भूमि संरक्षण शाखाद्वारा मौरीको २१२ डुँड वितरण

कृषि-भूमि संरक्षण शाखाद्वारा मौरीको २१२ डुँड वितरण

एसकेएम पार्टीको वार्ड स्तर समितिहरू सफलतापूर्वक गठन

एसकेएम पार्टीको वार्ड स्तर समितिहरू सफलतापूर्वक गठन

भाजपा सांसद मनोज तिग्गाको कटाक्ष माकपा र टीएमसीप्रति

भाजपा सांसद मनोज तिग्गाको कटाक्ष माकपा र टीएमसीप्रति

एसआइआर कार्यक्रमलाई सफल पार्न मण्डल-०२ मा बैठक

एसआइआर कार्यक्रमलाई सफल पार्न मण्डल-०२ मा बैठक