कुखुराको चल्ला-चारो अनि कोदोको विजन वितरण

Share this news

गोक, 20  जुन(निसं): कृषकहरुलाई कसरी स्वनिर्भर बनाउन सकिन्छ भन्ने प्रमुख उदेश्यको साथमा कृषि विभाग तथा सोयल कञ्जर्भेसन हिल डेभलपमेन्ट  दार्जिलिङको प्रमुख सक्रियतामा दार्जिलिङ पुलबजार खण्डको गोक दुई ग्राममा रेनफल एरिया डेभलपमेन्ट क्लाइमेट चेञ्ज (आरएडीसीसी) प्रकल्प-2025-26 अन्तर्गत कुखुराको चल्ला तथा यसको निम्ति आवस्यक खाद्यान्न सगै कोदोको बिजन एक कार्यक्रमबीच मगलबार वितरण गरियो। स्थानीय गोक दुई ग्राम पञ्चायत कार्यालय पदेङ परिसरमा आयोजित कार्यक्रममा सहकृषि निर्देशक भुमी सगरक्षण शाखा कृषि विभाग जीटीए प्रभु नारायण बस्नेत, विभागीय अधिकारी गणेश खनाल, खण्ड कृषि विभाग अधिकारी दार्जीलिङ-पुलबजार खण्ड अभिनव बागदास, पुल बिजनबारी गोक समष्टि सभासद भुपेन्द्र छेत्री, खण्ड पञ्चायत समिति सभाधिपती दिक्छेन बम्जन, खण्ड कृषि विभायीय कर्माध्यक्ष मिलन प्रधान सगै ग्राम पञ्चायत  प्रधान एण्डुप लेप्चा उपप्रधान रिन्छेन लेप्चा लगायतको विशेषरूपमा उपस्थित रहेको थियो भने उनीहरूकै बाहुलीबाट ग्रामभरीका चिन्हित लाभार्थीहरुलाई जनयी पचासवटा कुखुरा चल्ला यसको निम्ति आवस्यक 150 केजी खाद्यान्न सगै कोदोको विजन वितरण गरियो। कार्यक्रममा बोल्दै सरकारले समय अनुसारकै विभिन्न प्रजातीको अन्नहरुको  विजनसगै किसानहरुलाई स्वनिर्भर बनाउन विभिन्न  परियोजनाहरु संचालनमा ल्याएको तथा यसको निम्ति सबै जागरुक हुनुपर्ने विभागीय अधिकारीले बताएका छन भने पहाडमा पञ्चायत  तथा पञ्चायत  समितिको चुनावपछि मात्रै  यस्तो विभिन्न परियोजनाहरु बारेमा मानिसहरूले जान्न पाएको तथा फाइदा उठाउन थालेको पञ्चायत समिति सभाधिपति दिक्षेन बम्जनले बताइन् भने यस पहलको निम्ति जीटीए कार्यपाल अनित थापाप्रती आभार प्रकट गरिन।अर्कोतिर विभागमा विभिन्न परियोजनाहरु बारेमा आफुहरुले भर्खरै मात्रै जानकारी पाउन थालेको तथा किसानहरु भलाइको निम्ति हुने योजनाहरु खोज्न विभागीय स्तरमा लागि परेको कृषि विभायीय कर्माध्यक्ष मिलन प्रधानले बताए। यसैगरी यस्तो परियोजना आफ्नो ग्राम पञ्चायतमा आयोजना गरेकोमा सबैलाई ग्राम पञ्चायत प्रधान एन्डुप लेप्चाले आभार व्यक्त गरे।



Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न