Dissatisfaction with the proposal

इन्टरलोक्युटर नियुक्तिमाथि पुनर्विचारको मन्तव्यले बेखुसी

Share this news

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बंगाल सरकारको सहमतिबिना कसरी इन्टरलोक्युटर नियुक्त गरे ? प्रश्न गर्दै प्रधानमन्त्रीलाई एक पत्र लेखेकी थिइन् त्यसै अनुसार भाई टिकाको लगत्तै भोलिपल्ट केन्द्रमा‌ रहेको भाजपा सरकारले गोर्खा समस्याहरुलाई समाधान गर्न हेतु नियुक्त गरेको इन्टरलोक्युटरमाथि पुनविचार गर्ने भन्ने कुरा अघि आएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कुरा गृहमन्त्रीसङ्ग साझा गरेका कुरा आज अखबारमा छापिएको छ। यसै कुरामाथि इण्डियन गोर्खा जनशक्ति फ्रण्टका‌ प्रमुख अजय एडवर्ड्सले भने “यो केन्द्रमा रहेको भाजपा सरकार अनि पहाडमा रहेको उनको गठबन्धन दलहरुको कमजोरी हो।” उनले थपे “म मुख्यमन्त्रीलाई पनि भन्न चाहन्छु कि यो जीटीए सटिक तरिकाले संचालन भएको छैन। यहाँ धेरै भ्रष्टाचार अनि धाँधलीहरू भइरहेछ। जनसम्पत्तिहरू बेचिरहेका छन् यसैकारण हामी जीटीएमा खुसी छैनौं अनि तपाईले पनि बिगतको दिनहरूमा पीपीएस म दिन्छु भन्नु भएको थियोे। त्यसर्थ यो इन्टरलोक्युटरको विषय चाँडै समाधान होस् किनकि तिहारअघि एउटा कुरा अनि तिहारपछि अर्कै कुरा राम्रो होइन।”

 


Share this news
आजको रोजाइ
विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

आजको रोजाइ