मिर्गौला रोग उपचारार्थ डाइलोसिस उपकरण थाल्नपर्ने

Share this news

भारतीय प्रजातान्त्रिक मोर्चा सिंगेल शाखाले गोर्खाल्याड क्षेत्रीय प्रशासनको स्वास्थ्य एंव परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पासित भेट गरेर खरसाङ हस्पिटलमा चाँढै मिर्गौला रोग उपचार गर्नको निम्ति डाइलोसिस उपकरण शुरू गर्नु पर्ने माग राखेका‌ छन्। विगत धेरै सालदेखि जनसाधारणले भोग्न परिरहेको पीढाले गर्दा यो ज्ञापन पत्र चढाएको सन्तोष मोक्तानले बताएका छन्। उनले बताए अनुसार मानिसहरू हप्ताहमा दुइपल्टसम्म सिलगढी गएर उपचार गर्न पर्दा धेरै असुविधा भोग्न परिरहेको अनि दार्जीलिङ लगायत अन्य ठाउँहरूमा सरकारी सुविधा भए पनि खरसाङको जन साधारणले धेरै समस्या भोग्न परिरहेको पनि सभासद श्याम शेर्पालाई जानकारी गराइएको छ। यसैकारण खरसाङ अस्पतालमा डाइलोसिस उपकरण लगाउन सके मानिसहरूलाई सजिलो हुने बताएका छन्। विशेष सभासद श्याम शेर्पालाई भेट गर्न सन्तोष मोक्तान, मिलन शर्मा, शरणकुमार लामा अनि मिलन घले पुगेका थिए। सभासद श्याम शेर्पाले पनि यसरी आएर जनतालाई सुविधा उपलब्ध गराउन भनी आएर स्वास्थ्य विषयमा प्रस्ताव राखेर अति असल रहेको र चाढै यसलाई जीटीए‌ प्रमुख अनि कार्यकरणी सभामा राख्ने बताएको सन्तोष मोक्तानले बताएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न