मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गनिर्देशनमा अप्पर तादोङ समष्टि अन्तर्गत डाँडा गाउँदेखि लिङदिङ सम्म आईसीएआर सडक चौडाई कार्यको आज सिक्किम सरकारका मन्त्रीहरू जीटी ढुंगेल, भोजराज राई, पिन्छो नामगेल लेप्चा र पुरण कुमार गुरूङले संयुक्त निरीक्षण गरे। क्षेत्र विधायक तथा मन्त्री जीटी ढुंगेलको अगुवाईमा गरिएको यो निरिक्षण कार्यले सरकारको जनताप्रतिको उत्तरदायित्व र कार्य प्रतिवद्वता झल्काउँदछ। यो सडक चौडाई कार्य स्थानीयहरूको लामो समयदेखिको माग रहिआएको थियो भने वर्तमान एसकेएम सरकारले सो माग पुरा गरिदिएको छ। यसरी सडक चौडीकरण गरिएपछि खुशी व्यक्त गर्दै स्थानीयवासीले सम्माननीय मुख्यमन्त्री प्रेमसिंह तामाङ,सडक एवं पुल विभागका मन्त्री एनबी दाहाल तथा क्षेत्र विधायक जीटी ढुंगेलप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
