प्रगति गाउँ प्रगति संघद्वारा क्रिकेट म्याचको आयोजना

Share this news

खरसाङ नगरपालिका अन्तर्गत टेकबीर बस्ती वार्ड नम्बर 2 को समाज प्रगति गाउँ प्रगति संघको मूल सचिव बिरबल पाखरीन, उपाध्यक्षद्वय सुजय गुरुङ र डन बस्को राईको विशेष उपस्थितिमा समाजको युवा झुण्डले एक क्रिकेट म्याचको आयोजना स्थानीय भिक्टोरिया स्कूलको खेल मैदानमा आयोजना गरेको थियो। सक्रिय युवाहरू अनुप प्रधान, प्रभाकर लामा, अमिर भुषाल, बिरेन गिरी अनि अन्य युवाहरूको सक्रियतामा यो क्रिक्रेट खेल सम्पन्न भयो। विशेष सहयोगी र प्रेरणाको स्रोत पवन रसाईली (शिक्षक)को सहयोग र सर -सल्लाह अनुसार आयोजना गरिएको यस खेलमा उनको ठूलो योगदान रहेको छ। युवा पींढीलाई नशालु पदार्थको कुलत अनि कुमार्गतर्फ ध्यान आकर्षित नजाओस् भन्ने गुरू मन्त्रलाई आत्मसात गर्दै आयोजना गरिएको यस खेल विवाहित र अविवाहितमाझ सम्पन्न भ‌एको थियो। यस खेलमा अविवाहित खेलाडीहरू विजयी भएका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान