विभिन्न कौशल विकास तालिमहरुको सञ्चालन

Share this news

पश्चिम बंगाल सरकारको उत्कर्ष बंगला अन्तर्गत खरसाङमा कौशल विकास तालिम अन्तर्गत तीनवटा नयाँ तालिमहरुको बिहीबार उदघाटन गरिएको थियो।‌ पश्चिम बंगाल सरकारको पश्चिम बंग सोसाइटी फर कौशल विकास विभाग, तक्निकी शिक्षा तालिम अनि कौशल विकास विभागको तर्फबाट खरसाङमा चलिरहेको 12 वटा विभिन्न कौशल विकास तालिमहरुसितै नयाँ तीनवटा तालिमहरु पनि शुरु गरिएको छ। उक्त कार्यक्रमको‌ उदघाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र दार्जीलिङ जिल्ला शासक आइएएस डा. प्रीति गोयलले धूप द्वीप प्रज्वलनद्वारा गरेकी थिइन्। खरसाङको डाउहिलस्थित सुवास घिसिङ स्मृति सार्वजनिक भवनमा सम्पन्न कार्यक्रमलाई विश्व सुब्बाले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण खरसाङ महकुमा शासक आइएएस बिन्दबासिनी तेजा दिपकले राखेका थिए। कार्यक्रमलाई जीटीए प्रमुख अनित थापा, दार्जीलिङ पोलिटिक्स कलेज खरसाङकी प्राचार्य दिपा प्रधान, टफिक मुस्ताफा लगायत अन्यहरुले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा डा प्रिति गोयल र अनित थापाको बाहुलीबाट प्रमाण पत्रहरु वितरण गरिएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले राखेका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न