खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

ईशानको कप्तानीमा झारखण्डले रच्यो इतिहास, जित्यो सैयद ट्रफी

 सैयद मुश्ताक अली ट्रफी २०२५ को फाइनलमा झारखण्डले हरियाणालाई पराजित गर्दै पहिलोपटक यो प्रतिष्ठित घरेलु टी–२० प्रतियोगिताको उपाधि जितेको छ। ईशान किशनको कप्तानीमा झारखण्डले ६९ रनको शानदार जित दर्ता गर्दै इतिहास रच्यो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको झारखण्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै विशाल २६२ रन बनायो। जवाफमा हरियाणाको टोली १८.३ ओभरमै १९३ रनमा समेटियो। झारखण्डको सुरुआत भने खासै राम्रो रहेन। विराट सिंह २ रनमै आउट भए। त्यसपछि कप्तान ईशान किशन र कुमार कुशाग्राले आक्रामक ब्याटिङ्ग गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्‍याए। ईशान किशनले ४९ बलमा १० छक्का र ६ चौकाको सहयोगमा १०१ रनको शानदार शतकीय पारी खेले। उनी सैयद मुश्ताक अली ट्रफीको फाइनलमा शतक बनाउने पहिलो कप्तान बने। कुमार कुशाग्राले ३८ बलमा ५ छक्का र ८ चौकासहित ८१ रनको प्रभावशाली पारी खेले। अन्त्यतिर अनुकूल रोयले नटआउट ४० रन र रोबिन मिन्जले नटआउट ३१ रन बनाए। हरियाणाका तर्फबाट तीन बलरले समान एक–एक विकेट लिए। अर्कोतिर २६३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको हरियाणाको सुरुआत नै कमजोर रह्यो। टोलीका कप्तान तथा प्रतियोगितामा दोस्रो सर्वाधिक रन बनाएका अंकित कुमार शून्यमा आउट भए। आशीष सिवाच पनि डकमा पवेलियन फर्किए। त्यसपछि अर्श रंगा र यशवर्धन दलालले पारी सम्हाल्ने प्रयास गरे तर रंगा १७ रनमा सुशान्त मिश्राको बलमा बोल्ड भए। पावरप्ले समाप्त हुँदा हरियाणाले ५८ रन बनाए पनि ३ महत्वपूर्ण विकेट गुमाइसकेको थियो। चौथो विकेटका लागि निशान्त सिन्धु र यशवर्धन दलालबीच ६७ रनको साझेदारी भयो, जसका कारण टोलीको स्कोर १०० पार पुग्यो। दलाल ५८ रन र सिन्धु ३१ रनमा आउट भएपछि हरियाणाको पारी धेरै समय टिक्न सकेन। झारखण्डका लागि सुशान्त मिश्रा र बाल कृष्णाले ३–३ विकेट लिए भने विकास सिंह र अनुकूल रोयले २–२ विकेट हात पारे। उल्लेखनीय कुरा के हो भने, २०१०–११ सिजनमा विजय हजारे ट्रफी जितेपछि झारखण्डको यो दोस्रो घरेलु उपाधि हो। ईशान किशनको नेतृत्वमा झारखण्डले सैयद मुश्ताक अली ट्रफी जित्दै नयाँ इतिहास कायम गरेको छ।

IPL Auction 2026: Cameron Green becomes the most expensive player

आइपीएल अक्सन २०२६ः क्यामरुन ग्रिन बने महँगो खेलाडी

आइपीएल अक्सन २०२६ हाइलाइट्स हेरने हो भने क्यामरुन ग्रिन महँगो विदेशी खेलाडी बनेका छन्, सीएसकेका दुइ अनक्याप्ड खेलाडीले सबैलाई चकित पारेका छन्। आइपीएल २०२६ को अक्सन सम्पन्न भएको छ। अक्सनमा

इष्ट जोन किक्‌‍ बक्सिङ च्याम्पियनशीप 2025 मा खरसाङ्का खेलाड़ीहरूले जिते मेडल

खरसाङ,  (निसं)ः इष्ट जोन किक्‌‍ बक्सिङ च्याम्पियनशीप 2025 मा खरसाङ्का खेलाड़ीहरूले भाग लिएका थिए भने प्रतियोगितामा भाग लिएका खेलाड़ीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै मेडल जितेका छन्‌‍। पश्चिम बंगाल राज्य खेलकुद

अरू समाचार उपलब्ध छैन

ईशानको कप्तानीमा झारखण्डले रच्यो इतिहास, जित्यो सैयद ट्रफी

 सैयद मुश्ताक अली ट्रफी २०२५ को फाइनलमा झारखण्डले हरियाणालाई पराजित गर्दै पहिलोपटक यो प्रतिष्ठित घरेलु टी–२० प्रतियोगिताको उपाधि जितेको छ। ईशान किशनको कप्तानीमा झारखण्डले ६९ रनको शानदार जित दर्ता गर्दै इतिहास रच्यो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको झारखण्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै विशाल २६२ रन बनायो। जवाफमा

Read More »
IPL Auction 2026: Cameron Green becomes the most expensive player

आइपीएल अक्सन २०२६ः क्यामरुन ग्रिन बने महँगो खेलाडी

आइपीएल अक्सन २०२६ हाइलाइट्स हेरने हो भने क्यामरुन ग्रिन महँगो विदेशी खेलाडी बनेका छन्, सीएसकेका दुइ अनक्याप्ड खेलाडीले सबैलाई चकित पारेका छन्। आइपीएल २०२६ को अक्सन सम्पन्न भएको छ। अक्सनमा सहभागी १० टोलीले जम्मा ७७ खेलाडी खरिद गर्न २१५.४५ करोड रुपैयाँ खर्च गरेका छन्, जसमा २९ विदेशी खेलाडी रहेका छन्।

Read More »

इष्ट जोन किक्‌‍ बक्सिङ च्याम्पियनशीप 2025 मा खरसाङ्का खेलाड़ीहरूले जिते मेडल

खरसाङ,  (निसं)ः इष्ट जोन किक्‌‍ बक्सिङ च्याम्पियनशीप 2025 मा खरसाङ्का खेलाड़ीहरूले भाग लिएका थिए भने प्रतियोगितामा भाग लिएका खेलाड़ीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै मेडल जितेका छन्‌‍। पश्चिम बंगाल राज्य खेलकुद अनि किक्‌‍ बक्सिङ एसोसिएशनद्वारा सिलगढ़ीको एसएमसी इन्डोर स्टेडियममा आयोजना गरिएको यो प्रतियोगिता 13 अनि 14 दिसम्बरको दिन सम्पन्न भएको थियो।

Read More »

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन