मेरो धैर्यको बाँध टुट्यो भने पहाड़मा अशान्ति छाउँछः अनित थापा

Share this news

वैश्‍विक ब्रह्म कुमारी राजयोग संस्थाको खरसाङ शाखाले आफ्नो स्थापनाको 25 औँ वर्षगाँठ (रजत जयन्ती) समारोह मनाएको छ। कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) का मुख्य कार्यपाल अनित थापा मुख्य अतिथिको रूपमा उपस्थित थिए। धर्म, संस्कार र सकारात्मकताको सन्देश दिँदै अनि धार्मिक अनुष्ठानको महत्त्व बारे प्रकाश पार्दै मुख्य अतिथि थापाले आफ्नो सम्बोधनमा भने, यस्ता आयोजनामा सहभागी हुँदा मानिस राम्रो संस्कार र चरित्र निर्माण गर्नमा अग्रसर बन्छ। ब्रह्म कुमारीजस्ता संस्थाले समाजमा सकारात्मक ऊर्जा फैलाउँछ। म आफैले यहाँबाट सदैव प्रेरणा पाएको छु। आफ्नो राजनीतिक यात्रा कठिनाइले भरिएको बताउँदै थापाले भने, मैले लाञ्छना, आरोप र संघर्ष झेलेँ तर म धैर्य राख्छु, किनभने म पहाड़का जनताको आशाको प्रतीक बनेको छु। यदि मेरो धैर्यको बाँध टुट्यो भने यस क्षेत्रमा अशान्ति फैलिन सक्छ। 25 वर्षको आध्यात्मिक योगदान विश्‍वव्यापी ब्रह्म कुमारी संस्थाको खरसाङ शाखा 25 वर्षदेखि राजयोग ध्यान आत्मिक विकास कार्यक्रम र चेतना जागरणमा सक्रिय छ। यसको मुख्य उद्देश्य मानिसहरूलाई आफ्नो आन्तरिक शक्ति र परमात्मासँग जोड्ने हो। संस्थाले समाजमा शान्ति, सद्भाव र नैतिक मूल्यबोध बढ़ाउने दिशामा लगातार काम गरिरहेको छ। कार्यक्रममा भागोप्रमोका नेतृत्व, आध्यात्मिक गुरुहरू र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। ब्रह्म कुमारीका प्रतिनिधिहरूले संस्थाको इतिहास र भविष्यका योजनाहरूबारे प्रकाश पारेका थिए। समारोहमा खरसाङ ब्रह्म कुमारी केन्द्रले आफ्नो रजत जयन्तीमा आध्यात्मिक उत्थान र सामाजिक सद्भावको अभियानलाई अगाडि बढ़ाउने प्रतिबद्धता दोहोर्‍याए भनी जानकारी प्राप्त भएको छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान