भागोप्रमो पार्टीको अडान: यसपालीको बोनस 20%

Share this news

यसपाली श्रमिकले वोनस 20% भन्दा कम्ती पाउँनु हुँदैन। 20% भन्दा कम्ती बोनस भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले कुनै पनि हालतमा स्वीकार गर्नेछैन। यस सम्बन्धमा पार्टीको ट्रेड युनियन सँगको बैठकमा पार्टीको यही अडानलाई जोड दिएको भागोप्रमो अध्यक्ष अनित थापाले बताएका छन्। कुनै पनि मञ्चमा ट्रेड युनियनले बोनस विषय चर्चा गर्दा 20% भन्दा एक प्रतिशत मुनिको चर्चामा भाग पनि लिने छैन। चियाबारीमा दैनिक खुन पसिना बगाउने श्रमिक दाज्यू भाई दिदी बहिनीहरूले बोनस समय जहिले पनि आन्दोलन गर्नुपर्छ। 20% बोनस चिया श्रमिकको हक अनि अधिकार हो, चियाबगानले त्यो हक अनि अधिकार दिएकै हुनुपर्ने कुरामा थापाले जोड दिएको बताए।
चियाबगान मालिक पक्षलाई सल्लाह दिंदै श्रमिक खुसी हुने त्यही एउटा बोनस त हो। 20% बोनस श्रमिकहरुको अधिकार अनि हक पनि हो। बोनसको समय कुनै आन्दोलन नहोस्। कुनै झगडा नहोस् भन्ने सल्लाह जिंदै थापाले 2025 को बोनस मालिक पक्षले हृदयबाट, मन खुशी राखेर श्रमिकलाई धन्यवाद दिँदै 20% बोनस दिने आशा राखेको बताएका छन् ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान