भाजपाद्वारा खरसाङ र मिरिक नपा चुनावको माग

Share this news

खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाव गराउने मागमा भारतीय जनता पार्टीले खरसाङ बजारमा‌ पोष्टरिङ गर्नुको साथै खरसाङ महकुमा शासकलाई ज्ञापन पनि बुझाएको छ।‌ विगत 2017 मा चुनाव भएपछि 2022 मा चुनाव हुनु पर्ने तर विगत तीन वर्षदेखि खरसाङ नगरपालिका चुनाव नभएको भन्दै झट्टै चुनाव गराउनु पर्ने मागमा भारतीय जनता पार्टीले खरसाङ बजारको विभिन्न स्थानहरुमा पोष्टरिङ गरेको छ। यसको साथै भारतीय जनता पार्टीको तर्फबाट खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाव गराउने मांगमा खरसाङ महकुमा शासकमार्फत् दार्जीलिङ जिल्ला शासकलाई ज्ञापन पत्र बुझाएका छन्। उक्त पोष्टरिङ र ज्ञापन पत्र बुझाउने टोलीमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव सोनाम लामा, खरसाङ विधानसभा समष्टिका संयोजक आरबी लामा, भाजपा युवा शक्ति जिल्ला सचिव बिनय प्रसाद, दार्जीलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद, पञ्चायत समिति सदस्या एवं खरसाङ गिद्ध पहाड मण्डल सभापति दीक्षा तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न