गोर्खा जनमुक्ति मोर्चाका संस्थापक बिमल गुरूङले केन्द्र सरकारलाई चेतावनी दिंदै, दिसम्बरसम्म गोर्खाहरूलाई न्याय नदिए अर्कै बाटो जाने बताएका छन्। गोर्खा दुःख निवारक सम्मेलनमा आयोजित शहीद दिवसमा बोल्दै उनले यी कुरा भनेका हुन्। गोजमुमो टाउन कमिटिद्वारा आयोजित 38औं शहीद दिवसमा बिमल गुरूङले शहीदहरूलाई श्रद्धाञ्जली चढाएपछि भने, 1966 को आन्दोलनमा 1200 गोर्खाहरूले बलिदान दिएका थिए। उनीहरूकै सम्झनामा शहीद दिवस पालन गरेको बताए।
