खरसाङमा यस पल्ट भव्य रुपमा भानु जयन्ती

Share this news

खरसाङमा यसपाली भव्य रुपमा भानु जयन्ती समारोह सम्पन्न हुने भएको छ। यसपाली खरसाङमा सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमा र गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त आयोजनामा आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती समारोह आयोजना गरिने भएको छ। उक्त भानु जयन्ती समारोह अन्तर्गत अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने भएको विभाग खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागका अधिकारी अनिर्बन दामले जानकारी गराएका छन्। उनले बताए अनुसार कवि भानुभक्त आचार्यको जन्म जयन्ती पालनसितै खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरुलाई लिएर अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने छ। उनले खरसाङमा आयोजित भानु जयन्ती अन्तर्गत बिहान 10 बजी खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको आदि कवि भानुभक्त आचार्यको सालिगमा श्रध्दाञ्जली अर्पण कार्यक्रम आयोजना गरिने र 11 बजीदेखि खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने छ। यसको साथै आदि कवि भानुभक्त आचार्यको फुटकर कविताहरू वाचन र विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने छ। उनले यसपालीको भानु जयन्ती समारोहमा मुख्य अतिथिको रुपमा सोनादा डिग्री कलेजका प्रध्यापक मेघनाथ छेत्री उपस्थित रहने जानकारी गराएका छन्। यसपालीको भानु जयन्ती कार्यक्रममा खरसाङ क्षेत्रका कलेज, विभिन्न विद्यालय, विभिन्न संघ-संस्थाका प्रतिनिधि, गोर्खा जनपुस्तकालय खरसाङका सदस्य-सदस्याहरू सबैलाई पत्रचार गरिएको बताउदै सबैलाई कार्यक्रममा उपस्थित भईदिने अनुरोध पनि गरेका छन्। खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागका अधिकारी अनिर्बन दामले जानकारी गराए अनुसार यसपालीको भानु जयन्ती समारोहमा भारतीय महिला फुटबल टीमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई पनि सम्मान जनाइने कार्यक्रम रहेको बताएका छन्। दामले कार्यक्रममा स्थानीय प्रशासन, खरसाङ महकुमा अधिकारीको सहयोगमा पनि आयोजना गरिने भएको पनि बताएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न