घलेटार सार्वजनिक भवनमा भानु जयन्ती पालन

Share this news

सिटोङ लाटपञ्चर समष्टि क्षेत्रका प्राथमिक पाठशालाहरु एवं एचटीपीटीएको संयुक्त आयोजनामा २११ औं भानु जयन्ती समारोह सिटोङ -१ ग्रामपञ्च्यात स्थित घलेटार सार्वजनिक भवनमा भव्य रुपमा पालन गरियो। उक्त अवसरमा प्राथमिक पाठशाला बोर्ड जिल्ला अध्यक्ष तिलकचन्द्र रोका प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए भने कार्यक्रम अध्यक्ष शिक्षक सुनिल राईको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैगरि विशिष्ट अतिथिहरुमा सिटोङ -२ अनि ३ ग्रामपञ्च्यात प्रधान रिना तामाङ समीर कार्की सभासद प्रतिनिधि रतन गुरुङ पञ्च्यात समिति उपसभापति नारायण थापा, कर्माध्यक्ष एण्ड्रयु सुब्बा, शेखर थापा आदि उपस्थित रहेका थिए। धेरै वर्षपछि पुनः यसरी प्राथमिक पाठशाला अनि शिक्षक संगठनले समष्टि स्तरमा भानुजयन्ती पालन गरेर भानु जयन्तीको गरिमा पुनः फर्काउन समय सापेक्ष पहल गरेको थियो। साहित्यकार प्रकाश हाङ्गखिमले भानुभक्तमाथि जानकारीमूलक वार्ता पेश गरेका थिए। उक्त समारोहमा सिटोङ लाटपञ्चर क्षेत्रका धेरै वटा प्राथमिक पाठशालाहरुले कार्यक्रम सहित सहभागीता जनाएका थिए । नानीहरूले रामायण पाठ कविता वाचन तथा सुन्दर नृत्यादि प्रस्तुत गरे भने शिक्षक शिक्षिकाहरुले पनि गीत नृत्य पस्केका थिए। कार्यक्रममा प्राईमेरी शिक्षा बोर्ड मेम्बर शिशिर राईले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई पासाङ लक्की शेर्पा र शिक्षक अमर चामलिङले संचालन गरेका थिए । साथै उक्त समारोहमा करमठ वनवस्तीका भावना तामाङले भारतीय सेतरमा निट र जेआरएफ परिक्षा उतिर्ण गरेवापत आयोजक समितिले सम्बर्द्धना पनि जनाएको थियो।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान