भानु पुस्तकालय, पंखाबारीमा भानु जयन्ती पालन

Share this news

आदिकवि भानुभक्त आचार्यको 211 औं जन्मजयन्ती पंखाबारीको भानुभक्त पुस्तकालयमा पालन गरियो। पुस्तकालयका संस्थापक सुरेश भित्रीकोटीको अध्यक्षतामा सम्पन्न समारोहमा मुख्य अतिथिको रूपमा जीटीए पंखाबारी-अम्बटे-लङ्भ्यू समष्टि कार्यकारि सभासद कल्पना प्रधान उपस्थित थिइन्। उषा कानु लामाद्वारा सञ्चालित कार्यक्रममा भानुभक्तको जीवनी स्वर्णिमा प्रधानले राखेकी थिइन् भने शिक्षिका शारदा मुखिया अनि देवराज शर्माले कविता वाचन गरे औ समारोहमा उपस्थित सदस्यहरूद्वारा रामायण पाठ पनि गरियो। समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि सभासद कल्पना प्रधानले जीर्ण अवस्थामा रहेको यहाँको यस भानुभक्त पुस्तकालयको तिनको पहलमा औ जीटीए प्रमुख अनित थापाको सहयोगमा जीर्णोद्धार गरिने कार्य गरिएको बताउँदै अब उसो यसको संरक्षण र सम्वर्द्धन गर्ने जिम्मेवारी हामी सबै पंखाबबारीवासीको रहेको बताइन्। उनले हामी सबैको सुस्तीपनले हाम्रो पंखाबारीको गरिमा विस्तारै हराएर जाँदै गरेको अनुभव गर्दै अब पुनः यहाँको गरिमालाई फर्काएर ल्याउन सबै एकजुट हुनुपर्ने बताइन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान