लाली गुराँस ग्राम सुधार समिति, राजफाप्रीद्वारा 211 औं भानु जयन्ती सफलतापूर्वक पालन गरिएको थियो। समितिकी प्रमुख श्रीमती वीणा सुब्बाद्वारा अध्यक्षता गरिएको समारोहमा प्रमुख अतिथि डा. मनोरथ धिताल थिए। समारोहमा अध्यक्ष, प्रमुख अतिथि र अन्यले कविलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। जसमा नानीहरूले सामुहिकरुपमा रामायण पाठ गरेका थिए। यसरी नै गीत, नाच अनि कविता पनि प्रस्तुत गरेका थिए। यो समारोहलाई सफलापूर्वक आयोजन गर्न संयोजक क्षेत्र प्रेम मुखिया र अन्यान्यको योगदान रहेको थियो।