सिंगेल कफीबारी सिमानाधुरामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रशाखा गठन

Share this news

सोनादा, 8 जुलाई (निसं)ः टुंग सन्तमेरिज समष्टि अन्तर्गत सिंगेल कफीबारी सिमानाधुरामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रशाखा गठन गरियो। समष्टिका सभापति एंव सभासद नुरी शेर्पाको विशेष उपस्थितिमा सङ्गठनलाई अझ दह्रिलो अनि सुदृढ़ीकरण गर्नका निम्ति उक्त क्षेत्रमा भागोप्रमो प्रशाखा गठन गरिइएको छ। सभामा उपस्थित सदस्य-सदस्याहरुमाझ साङ्गठनिक विस्तारको निम्ति विस्तृत चर्चा-परिचर्चा भएपछि पूर्णाङ्क प्रशाखा समिति गठन गरियो। यस नवगठित प्रशाखा समितिमा सभापति दिपेन लामा, उप सभापति डोमा शेर्पा, नमिता तामङ, मूल सचिव रिवस मुखिया, सह सचिव सरोज थापा, कोषाध्यक्ष सुबान लामा,सह-कोषाध्यक्ष उमङ्ग गुरुङ, प्रमुख सल्लाहकार भरोसा लामा, सल्लाहकार पेमा लामा, अब्जन छेत्री, प्रयास लामा, देसिम रुम्बा लगायत 10 जनाको कार्यकारिणी सदस्य-सदस्यागण चयन भएका छन्। यसरी 22 जना सदस्यीय प्रशाखा समिति गठन भएकोमा समष्टि सभापति नुरी शेर्पाले हार्दिक शुभेच्छा प्रकट गर्दै आगामी दिनहरुमा सङ्गठनलाई अझ दह्रिलो बनाउनका निम्ति सबै एकताको सुत्रमा बाँधिएर कर्म नै हाम्रो सिद्धान्तको मूल मन्त्रलाई अप्नाउँदै कार्य गर्नुपर्ने अपिल गरे। उक्त सभामा भागोप्रमो टुङ-सन्तमेरिज समष्टिका सल्लाहकार दिलीप गजमेर, सन्तमेरिज 2 ग्राम पञ्चायतका प्रधान सहदेव तामङ, पञ्चायत समिति एवं ग्राम पञ्चायतका क्षेत्रीय सदस्यगण लगायत स्थानीय ग्रामवासीहरुको उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न