सचेत युवा समुहद्वारा जगदीश शर्मा विरुद्ध प्राथामिकी दर्ता

Share this news

बिजनबारी, 4 जुलाई(निसं): केही दिनअघि सिलगढीको जगदीश शर्माले सम्पूर्ण भारतीय गोर्खा समुदाय माथि अत्यन्तै नीच साथै निन्दनीय तरिकाले साम्प्रदायिक सद्भावनालाई बिगार्ने प्रतिक्रिया दिएको भन्दै बिजनबारी भेगका युवाहरु एक सामाजिक संस्था सचेत युवा समूहको पक्षबाट बिहिवार पूलबजार थानामा प्राथामिकी दर्ता गरेको छ। संस्थाको सयोजक करण छेत्रीको नेतृत्वमा गएको दुइ सदस्यीय टोलीले थाना प्रभारीलाई लिखित रूपमा जानकारी गराउदै यस्तो वयानले सम्पूर्ण भारतीय गोर्खा समुदाय माथि अत्यन्तै आघात पुगेको तथा यस्तो नीच साथै निन्दनीय तरिकाले जसरी साम्प्रदायिक सद्भावनालाई बिगार्ने जुन प्रतिक्रिया दिएका छन त्यो अत्यन्तै दुर्भाग्यपूर्ण रहेको बताएका छन। यसका साथै प्रशासनिक पक्षबाट उक्त व्याक्तिलाई शिघ्र कानुनी  कार्वाही गरियोस भन्ने समेत माग गरेको छेत्रीले बताए। अर्कोतिर,यसबारेमा आफुहरुले गम्भीरतापुर्वक लिने तथा अनुसंधान शुरु गरि आवश्यक कार्वाही शुरु गर्ने प्रशासन पक्षले आफूहरूलाई दिएको छेत्रीले थप बताए। प्रतिनिधि टोलीमा सयोजक छेत्रीवाहेक संजीब राईको पनि उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान