Amar Subba's house

अमर सुब्बाको घरमुनि पहिरो गएर घरलाई पनि तान्ने डर

Share this news

लगातार परेको पानीले अम्बटे चियाबारीको ठूलो बसेरी गाउँ निवासी अमर सुब्बाको घर मुन्तिर पैह्रो गएपछि घरलाई पनि तान्ने डर उत्पन्न भएको छ। यसको जानकारी पाएपछि पङ्खाबारी-अम्बटे -लङ्भ्यू समष्टि कार्यकारि सभासद कल्पना प्रधानले त्यहाँ भ्रमण गरिन्। यस अवधि प्रधानले सम्बन्धित विभागका मुख्य अभियान्तासँग टेलिफोनिक कुराकानी गरेर शीघ्र यस पेह्रोग्रस्त क्षेत्रको भ्रमण गरेर रोकथामको निम्ति पहल गरिदिने आग्रह गरिन्। पेह्रो गएको सन्दर्भबारे बताउँदै अमर सुब्बाकी पत्नी सुजता सुब्बाले गत 14 सेप्टेम्बरको दिन अचानक तिनको घरमुनिबाट पेह्रो गएको जनाउँदै यसले तिनको घरलाई खतरामा पारेको जनाइन्। पेह्रो गएको खबर पाएर ग्राम पञ्चायत अनि खरसाङ खण्ड विकास कार्यालयबाट पनि भ्रमणको निम्ति आएर तत्कालीन राहत सामग्री प्रदान गरिएको तथा स्थानीय ग्रामवासीहरूले पनि सहयोग प्रदान गरेको बताइन्। सभासदले सम्बन्धित विभागीय अभियान्तासँग कुराकानी गरिएको जनाउँदै यस पेह्रोले अमर सुब्बाको घरलाई धेरै खतरामा पारेको जनाइन्। प्रधानले यस पेह्रोबाट भाग्यले केही मानिसहरू बाँचेको अवगत गराउँदै अतिशीघ्र पेह्रो गएको यस ठाउँलाई रोकथाम गर्नुपर्ने आवश्यकता रहेको पनि जनाउँदै सम्बन्धित विभागलाई शीघ्र पहल गरिदिने अनुरोध गरेकी छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न