A seminar was organized about Rashtriya Sarjak Gopalsingh Nepali Basnet

राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतबारे सङगोष्ठीको आयोजित

Share this news

सिलगढीमा सञ्चालित सामाजिक संस्था आरनोवाले आइतबार दिउँसो राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतबारे सङगोष्ठीको आयोजन गरेको थियो। देशको राजधानी नयाँ दिल्लीमा वर्ष 2000 मा स्थापित एसोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन एन्ड वल्युन्टेरी एक्टिविटिज आरनोवाले आफ्नो स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विगत ६ अप्रेल २०२५ देखिएक वर्षव्यापी रजत जयन्ती कार्यक्रम आयोजन गरिरहेको छ। यसक्रममा आरनोवा भवनमा यो सङगोष्ठी आठौं कार्यक्रमको रुपमा आयोजन गरेको थियो।
साहित्यकार, फेशन डिजाइनर अनि समाजसेवी मेनका तामाङद्वारा अध्यक्षता गरिएको कार्यक्रममा अभिनेत्री अनि समाजसेवी दीपा गुरुङ साइन प्रमुख अतिथिको रुपमा उपस्थित थिइन्। अन्य अतिथिहरुमा समाजसेवी मोहन लुइँटेल, फेशन विशेषज्ञ र समाजसेवी सङ्गीता राई उपस्थित थिए। सर्वप्रथम अध्यक्ष र प्रमुख अतिथिले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतको तस्वीरमा दीप प्रज्ज्वलन र श्रद्धा अर्पण गरेका थिए।
कार्यक्रममा कथाकार अनि समाजसेवी दिवाकर ढुंगेल शर्माले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतबारे गहन तथ्यहरू प्रस्तुत गर्दै विहारलाई छोडेर बाँकी क्षेत्रमा आरनोवाले बस्नेतलाई चिनाउने अभियान गरिरहेको बताए।
प्रमुख अतिथि दीपा गुरुङ साइनले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतबारे आफुलाई जानकारी आज मात्र भएको अनि यो सुयोग आरनोवाले दिएको बताउँदै, यसको लागि आभार प्रकट गरिन्। त्यसपछि राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतबारे अब अध्ययन गर्ने र यसका लागि यो संस्थालाई सहयोग गर्न तयार रहने बताउँदै उनलाई मार्गदर्शन गर्ने अनुरोध गरिन्। हिन्दी भाषाकी विज्ञ र सभाध्यक्ष मेनका तामाङले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतबारे निकै शोधपूर्ण वक्तव्य दिएकी थिइन्। सङ्गीता राईले बस्नेतमाथि कविता प्रस्तुत गरेकी थिइन् भने मोहन लुइँटेलद्वारा आरनोवाले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतलाई चिनाउन चलाइरहेको अभियानमा जहिले पनि साथ दिन तयार रहेको बताए। कार्यक्रममा स्वागत मन्तव्य र धन्यवाद सुनिता राईले दिएकी थिइन् ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न