खरसाङ महकुमा खेलकूद संघको सभा आयोजित

Share this news

खरसाङ महकुमा खेलकूद संघको सभा संघको सभापति मोहन योञ्जनको अध्यक्षतामा बुधबार आयोजन गरिएको थियो।‌ सभालाई सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए। सभामा गत 28 र 29 जूनमा खरसाङमा सम्पन्न दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता विषयमा चर्चा परिचर्चा गरिएको थियो। यस अवसरमा स्व धर्मे तामाङको‌ परिवारलाई सङ्घको तर्फबाट धन्यवाद ज्ञापन गर्दै श्रद्धार्पण गरेर सम्मान जनाइएको छ। सभामा आगामी 13 जुलाईमा हुने ‌ टेबल टेनिस प्रतियोगिता विषयमा चर्चा परिचर्चा गर्दै टेबल टेनिस प्रतियोगिता तीनवटस वर्गमा खेलाइने‌ जसमा मेन्स सिंगल्स, गर्ल्स सिंगल र भण्डार 14 बोइस गरेर खेलाइने भएको छ। यस टेबल टेनिस प्रतियोगिता खरसाङको सन्त अल्फन्सेस विद्यालयमा आयोजना गरिने भएको छ।‌ प्रतियोगिताको लागि बिजय राईलाई संयोजक चयन गरिएको छ। यसै सभामा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी 26 र 27 जुलाईमा हुने ‌ ब्याटमिन्टन प्रतियोगिता विषयमा पनि चर्चा परिचर्चा गरिएको थियो।‌ यस विषयमा संघका उपाध्यक्ष फुर्बा घिसिङले विस्तृत रुपमा जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
Oplus_131072

झारखण्ड रेल दुर्घटना: दुई मालगाडी आपसमा ठोक्किँदा २ को मृत्यु, सीसीटीभीमा कैद भयो घटना

डाउहिल क्षेत्र प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा

डाउहिल क्षेत्र प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा

एडवर्डले खर्साङ नपा बोर्डमाथि मुद्दा दर्ता गर्ने

एडवर्डले खर्साङ नपा बोर्डमाथि मुद्दा दर्ता गर्ने

सेलेमण्डर झील क्षेत्रमा वन महोत्सव पालन

सेलेमण्डर झील क्षेत्रमा वन महोत्सव पालन

विमारी गाईलाई हेर्न पुगे सभासद मिलेश राई

विमारी गाईलाई हेर्न पुगे सभासद मिलेश राई

दार्जीलिङ गोर्खा हाट क्षेत्रको बाटो मर्मत गर्ने माग

दार्जीलिङ गोर्खा हाट क्षेत्रको बाटो मर्मत गर्ने माग

भारत–अमेरिका बीच १० वर्षे रक्षा सम्झौता हुने

भारत–अमेरिका बीच १० वर्षे रक्षा सम्झौता हुने

अम्बिकापुरमा हरिभक्त कटुवाल पथको नामाकरण

अम्बिकापुरमा हरिभक्त कटुवाल पथको नामाकरण

तमु ट्हो ह्युल हङकङद्वारा बाणिज्य दूतलाई स्वागत

तमु ट्हो ह्युल हङकङद्वारा बाणिज्य दूतलाई स्वागत

शङ्करदेव ढकाललाई सिक्किमेली भानु पुरस्कार दिइने

शङ्करदेव ढकाललाई सिक्किमेली भानु पुरस्कार दिइने