प्रगतिशील कृषकहरू अलैंचीको खेतीतिर

Share this news

दार्जीलिङ,18 जुलाई(निसं): प्रगतिशील उद्यमी कृषकहरू बडाअलैंचीको खेतिमा लागिपरेका छन्। पानीको मौसम शुरू भएदेखि नै प्रगतिशील कृषकहरू अलैंचीको विरूवा खोज तलासमा लागेका हुन्। पहाडमा अलैंची खेति सोचनीय हुदै गइरहेका भएपनि परिश्रमी तथा लगनशील कृषकहरूले बोटहरू रोप्ने तथा बडाउने काममा लागिपरेका छन्। झाडी, जंगल फाडेर रोपन गर्न पर्ने बडा अलैंचीको खेतिमा निकै जाँगर चाहिने हुन्छ। विभिन्न रोगव्याधिले सताउनुको साथमा सुखा मौसमले पनि अलैंचीको खेतिमा नोक्सान गर्ने गर्छन् तथापि हिजो आज यस खेतिमा कृषकहरूले धेरै चासो देखाइरहेको छ। नगदेबालीको रूपमा पर्ने यस खेतिले बस्ति वासीहरूको निम्ति राम्रो आयआर्जन संगै चाडबाडको समयमा फसल उठाउने खेति अनि राम्रो खेतिको रूपमा मानिन्छ। यसैले कृषकहरूको निम्ति अलैंची खेति आशाको पर्खाल हो। तर बर्खा झरीमा झर्को नमान्ने कृषकहरूले मात्र बोटहरू लगाउन र गोडमेलमा ध्यान दिन सक्छ। अलैंचीको कृषकहरूले हाल धेरै टाडाबाट विरूवाहरू खरिद गरेर विभिन्न प्रजातिका बोटहरू लगाइ रहेको छ भने पुर्ख्याउली विरूवाहरू विरलै पाइने कृषक बीबी राईले बताए। मलजल के कस्तो प्रयोग गर्नुहुन्छ भनि प्रश्न गर्दा घरेलु मटका पानी (लिक्विट फर्टिलाईजर) अनि गाईको गोबर आदिको प्रयोग गरेर नै अलैंचीको खेति योग्य हुने कृषकहरूले बताएको छ।
  विभिन्न जंगली जनावरहरूको रगरगीले अन्य खेतिपातीहरू हुन नदिएपछि वैकल्पिक खेतिको रूपमा कृषकहरू अलैंचीको खेतिमा लागि परेको तथा अघिल्लो पिढीदेखि गर्दै आएको पुर्ख्यौली खेति अलैंचीलाई विभिन्न रोगहरूले ग्रस्त बनाइ सताइरहेका भएपनि ती बोटहरू उखेलेर अर्को विरूवा लगाइ रहेको मजुवा ग्राम क्षेत्रका कृषकहरूले जनाएकोछ।

Share this news
आजको रोजाइ
छतमा विभिन्न प्रजातिको फल फलाएर डा. सञ्जय विश्वासले कायम गरे उदाहरण, बन्दैछन् सबैका प्रेरणा

छतमा विभिन्न प्रजातिको फल फलाएर डा. सञ्जय विश्वासले कायम गरे उदाहरण, बन्दैछन् सबैका प्रेरणा

NEZCC को वार्षिक संयुक्त वित्त समिति तथा कार्यकारी बोर्ड बैठक कोलकातामा सम्पन्न

NEZCC को वार्षिक संयुक्त वित्त समिति तथा कार्यकारी बोर्ड बैठक कोलकातामा सम्पन्न

स्टालिनद्वारा सांसदहरूलाई कंग्रेसबाट टाढा रहन निर्देशन, द्रमुक र कंग्रेसको सम्बन्ध समाप्त

स्टालिनद्वारा सांसदहरूलाई कंग्रेसबाट टाढा रहन निर्देशन, द्रमुक र कंग्रेसको सम्बन्ध समाप्त

हाइड्रोजन सञ्चालित रेलको उद्घाटन राष्ट्रको विकासको सुनौलो अध्याय : रेलमन्त्री

हाइड्रोजन सञ्चालित रेलको उद्घाटन राष्ट्रको विकासको सुनौलो अध्याय : रेलमन्त्री

मनसुन सत्र अगाडि गौरव गोगोईको आरोप: महत्वपूर्ण मुद्दाहरूमा सरकार पन्छिन खोजेको दाबी

मनसुन सत्र अगाडि गौरव गोगोईको आरोप: महत्वपूर्ण मुद्दाहरूमा सरकार पन्छिन खोजेको दाबी

वाङचुकको २० दिने अनशनबीच भारतका ऐतिहासिक लामो भोक हडतालहरूको चर्चा

वाङचुकको २० दिने अनशनबीच भारतका ऐतिहासिक लामो भोक हडतालहरूको चर्चा

भाषाशास्त्री महानन्द सापकोटा : पूर्वी नेपालको भाषा, साहित्य र पत्रकारिताको उज्यालो आकाश

भाषाशास्त्री महानन्द सापकोटा : पूर्वी नेपालको भाषा, साहित्य र पत्रकारिताको उज्यालो आकाश

विश्वकप फाइनलका लागि स्लावको विन्सिक मुख्य रेफ्री नियुक्त

विश्वकप फाइनलका लागि स्लावको विन्सिक मुख्य रेफ्री नियुक्त

भानुभक्तको जन्मजयन्ती: आरकेएसपी विद्यालयमा भव्य रूपमा आदिकवि आचार्यको स्मरण

भानुभक्तको जन्मजयन्ती: आरकेएसपी विद्यालयमा भव्य रूपमा आदिकवि आचार्यको स्मरण

भारतको निजी अन्तरिक्ष यात्रामा ऐतिहासिक सफलता, स्काइरूटको विक्रम–१ ले कक्षा पुगेर रच्यो नयाँ इतिहास

भारतको निजी अन्तरिक्ष यात्रामा ऐतिहासिक सफलता, स्काइरूटको विक्रम–१ ले कक्षा पुगेर रच्यो नयाँ इतिहास

आजको रोजाइ