प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

Share this news

दार्जीलिङ,16 जुलाई(निसं):  दार्जीलिङ शहरस्थित भारतीय जनता पार्टी(भजपा)  जिल्ला कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा दार्जीलिङ जिल्ला अध्यक्ष  सञ्जीव लामाको उपस्थितिमा रङ्गीत-2 ग्राम पञ्चायतका प्रधान, उपप्रधान तथा ग्राम पञ्चायत सदस्यहरूले भारतीय जनता पार्टीप्रति आफ्नो समर्थन जनाउँदै औपचारिक रूपमा भाजपा प्रवेश गरिएको जानकारी भाजपा जिल्ला सूत्रले दिएकोछ। सूत्रको जानकारी अनुसार, यस कार्यक्रममा भाजपामा प्रवेश गर्नेहरुमा ग्राम पञ्चायत प्रधान अवनीश राई,उपप्रधान अञ्जय सुब्बा लिम्बू, गौतम तामाङ, रेनु छेत्री, करिना कामी,रेनु कामी छन्। यसै अवसरमा वार्नेसवेग चिया बगानका अभिषेक राई (पूर्व बीजीपीएम केन्द्रीय युवा मिडिया टोली सदस्य), लेप्चा बस्तीका रोशन तामाङ तथा लिम्बू बस्तीका खुशदेव सुब्बाले पनि भारतीय जनता पार्टीको सदस्यता ग्रहण गरे।कार्यक्रमलाई सम्बोधन गर्दै ग्राम पञ्चायत प्रधान अवनीश राईले आफूहरू अब राजनीतिक स्वार्थभन्दा माथि उठेर रङ्गीत-2 का सम्पूर्ण जनताको सेवा, विकास र समृद्धिका लागि निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको युवा ऊर्जाशील र विकासमुखी नेतृत्वप्रति विश्वास व्यक्त गर्दै भारतीय जनता पार्टीको सबका साथ, सबका विश्वास, सबका विकास भन्ने मूल मन्त्रबाट प्रेरित भएर भाजपा रोजेको बताए।रङ्गीत-2 ग्राम पञ्चायतका जनप्रतिनिधिहरूको यस निर्णयलाई दार्जीलिङ पहाडमा भारतीय जनता पार्टीप्रति बढ्दो जनविश्वास र विकासमुखी राजनीतिप्रतिको समर्थनका रूपमा हेरिएको बताए।

Share this news
आजको रोजाइ
महिला उद्यमीहरूको विकासार्थ आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध  

महिला उद्यमीहरूको विकासार्थ आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध  

अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?