दार्जीलिङ,16 जुलाई(निसं): हाम्रो स्वाभिमान ट्रस्ट-ले नेपाली भाषा-साहित्यको संवर्द्धनार्थ राष्ट्रीय स्तरमा वार्षिक रूपमा प्रदान गर्ने राष्ट्रीय नेपाली साहित्य पुरस्कार-2026 को घोषणा गरेको छ।गत 12 जुलाईको दिन दिल्लीको राजेन्द्र भवनमा ट्रस्टद्वारा आयोजित भानु जयन्ती समारोहमा उक्त पुरस्कारहरूको घोषणा गरिएको ट्र्स्ट सूत्रले जानकार गराएकोछ।
साल 2026 पुरस्कारका लागि राष्ट्रीय नेपाली साहित्य सम्मान वेदिका राई (दार्जीलिङ), नेपाली राष्ट्रीय साहित्य पुरस्कार (पद्य) गजलगो पी लक्की शेर्पा (खरसाङ), नेपाली राष्ट्रीय साहित्य पुरस्कार (गद्य) अर्जुन थापा(टिङलिङ चिया बगान, दार्जीलिङ), र नेपाली राष्ट्रीय नेपाली पत्रकारिता पुरस्कार लोकप्रिय पत्रकार रुबेन गुरुङ (सिलगढ़ी)-लाई प्रदान गरिएको घोषणा ट्रस्टको तर्फबाट अनुवादक एवं साहित्यिक धर्मराज थापाले गरेका छन्।
थप जानकारी अनुसार,पुरस्कृत स्रष्टाहरूलाई आगामी 14 सेप्टेम्बरको दिन हरितालिका तीज पर्वको अवसरमा दिल्लीमा आयोजन हुने भव्य सांस्कृतिक कार्यक्रममा सम्मानित गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ।












