संयुक्त आयोजनामा अरण्य सप्ताह कार्यक्रम मानेभञ्ज्याङमा

Share this news

दार्जीलिङ,16 जुलाई(निसं): मानेभञ्ज्याङको दुईवटा द्वारा अरण्य सप्ताह भव्य रूपमा सम्पन्न गर्‍यो। वन विभागको अरण्य सप्ताह र्‍याली आयोजना मानेभञ्ज्याङ टङ्गलु रेञ्ज, सिङ्गलिला दक्षिण रेञ्ज, संयुक्त आयोजनामा अरण्य सप्ताह कार्यक्रम मानेभञ्ज्याङमा भव्य रूपमा सम्पन्न गरिएकोछ भनी वन विभागको जानकारी छ।
विभागको जानकारी अनुसार, कार्यक्रममा टङ्गलु रेञ्ज अधिकारी देवशिष हल्दार, सिंहलिला दक्षिणका रेञ्जर रोशन राई, सुके-सिमाना ग्राम पञ्चायत प्रधान मिना थापा गुरुङ, मजुवा ग्राम पञ्चायतका प्रधान रोगेन वाङ्दी लेप्चा, 36 बटालियन एसएसबीका सहायक कमाण्डेन्ट, विभिन्न सामाजिक संस्थाका पदाधिकारी, जेएफएमसीका सदस्य, वन विभागका कर्मचारी, एसएसबीका जवान, स्थानीय सचेत नागरिक तथा मानेभञ्ज्याङ बजारका तीनवटा विद्यालयका विद्यार्थी, शिक्षक-शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अरण्य सप्ताहको अवसरमा हरियो वन राष्ट्रको धन, सबैले रूख रोपौँ, हाम्रो पहाडलाई हरियाली बनाऔँ भन्ने मूल नाराका साथ गुराँसका बिरुवाहरू रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरियो। साथै वन संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बस तथा चित्रकला प्रतियोगिता, वन संरक्षणसम्बन्धी र्‍याली र मानेभञ्ज्याङ बजारलाई हरियाली बनाउने अभियान सञ्चालन गरिएको थियो। चित्रकला
प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएपछि ल्याण्डरोभर एशाेशिएशन ,हाईल्याण्डर गाइड एशाेशिएशन,जेएफएमसी सदस्यहरू, मानेभञ्ज्याङ उच्च माध्यमिक विद्यालय,आरसी मिशन प्राथमिक विद्यालय,रोडोडेन्ड्रन इन्टिग्रेटस बोर्डिङ स्कूल,स्थानीय मानिसहरू,वन कर्मचारी
एसएसबी-का जवान तथा स्थानीय नागरिकहरूको विशाल सहभागितामा मानेभञ्ज्याङ बजार परिक्रमागर्दै अरण्य सप्ताह र्‍याली निकालियो। र्‍यालीमा हरियो वन, स्वस्थ जीवन वन जोगाऔँ, भविष्य बचाऔँ लगायतका सन्देशमूलक नाराहरू प्रदर्शन गरिएको थियो।
उल्लेखनीय छ कि रेञ्ज स्तरीय अरण्य सप्ताह कार्यक्रम गत 14 जुलाईदेखि आगामी 20 जुलाईसम्म विभिन्न सचेतनामूलक तथा संरक्षणमुखी कार्यक्रममार्फत सञ्चालन हुने वन विभागले जनाएकोछ। अरण्य सप्ताहको मुख्य उद्देश्य वन संरक्षण, वातावरणीय सन्तुलन कायम गर्नु तथा वनप्रति समुदायमा जिम्मेवारी र सचेतना अभिवृद्धि गर्नु रहेकोछ।

Share this news
आजको रोजाइ
महिला उद्यमीहरूको विकासार्थ आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध  

महिला उद्यमीहरूको विकासार्थ आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध  

अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?