Longview Tea Garden Workers Protest
Longview Tea Garden Workers Protest

आजदेखि अवकाशप्राप्त श्रमिकहरू भोक हडतालमा,

Share this news

लङभ्यू चिया बगानमा ७२ घण्टे अनशन जारी लङभ्यू, दार्जिलिङ, १६ जुलाई। लङभ्यू चिया बगानका श्रमिकहरूले आफ्ना वर्षौँदेखिका बक्यौता हक–अधिकारको माग गर्दै सञ्चालन गरिरहेको आन्दोलनले आज ८४ दिन पूरा गरेको छ। आन्दोलन अन्तर्गत जारी ७२ घण्टे अनशनमा आजदेखि अवकाशप्राप्त (रिटायर्ड) श्रमिकहरू पनि सहभागी भएका छन्। अनशनमा बसेका अवकाशप्राप्त श्रमिकहरूमा मदन लोहागुण (६१ वर्ष), किशोर प्रधान (६६ वर्ष) र बीके लोप्चन (६४ वर्ष) रहेका छन्।

जीवनको उत्तरार्धमा आरामसँग बस्नुपर्ने उमेरमा पनि आफ्नै पसिनाको कमाइ माग्न भोक हडताल गर्न बाध्य हुनुपरेको भन्दै उनीहरूले गहिरो दुःख व्यक्त गरेका छन्।आन्दोलनकारी श्रमिकहरूका अनुसार बगानका मालिक गोविन्द गर्गले श्रमिकहरूको १२ करोड रुपैयाँभन्दा बढी भविष्य निधि (पीएफ), ग्र्याचुटी ८३,३१,४६८ रुपैयाँ, एलटीए १९,६१,१७१ रुपैयाँ तथा महिनौँदेखि बाँकी रहेको तलब र ज्याला भुक्तानी गरेका छैनन्।

यस अवधिमा राज्यका श्रम राज्यमन्त्री, सांसद, विधायक, श्रम विभागका अधिकारीहरू तथा पीएफ अधिकारीहरू समेत अनशनस्थलमा पुगेर आन्दोलनकारीहरूसँग भेटघाट गरेका छन्। तर श्रमिकहरूको मुख्य माग अझैसम्म पूरा हुन नसकेको भन्दै आन्दोलनकारीहरूले गम्भीर असन्तोष व्यक्त गरेका छन्।श्रमिकहरूको प्रश्न छ—”यदि श्रमिकहरूको करोडौँ रुपैयाँ हिनामिना भएको छ भने मालिक गोविन्द गर्गमाथि कानुनी कारबाही किन भइरहेको छैन ?

राज्य सरकार र सम्बन्धित निकायहरूले दोषीमाथि कडा कदम कहिले चाल्छन्?” आन्दोलनरत श्रमिकहरूले आफ्ना कानुनी हक सुरक्षित नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। उनीहरूका अनुसार यो केवल लङभ्यू चिया बगानको मुद्दा मात्र नभई चिया उद्योगमा कार्यरत हजारौँ श्रमिकहरूको अधिकार र न्यायसँग जोडिएको विषय हो।

Share this news
आजको रोजाइ
अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?

ट्रष्ट साहित्य पुरस्कार वेदिका, पी लक्की, अर्जुन अनि रुबेनलाई 

ट्रष्ट साहित्य पुरस्कार वेदिका, पी लक्की, अर्जुन अनि रुबेनलाई