वरिष्ठ साहित्यकार गीता उपाध्यायकाे निधनमा शब्द समयले शाेकसभा

Share this news

नेपाली साहित्यिक वरिष्ठ साहित्यकार गीता उपाध्यायकाे निधनमा १५जुलाई २०२६ बुधबार शब्द समय सालबारी, सिलगढीले शाेकसभाकाे आयाेजन गरेर श्रद्धाञ्जली अर्पण गर्याे । शाेक सभामा वरिष्ठ साहित्यकार /कवि माेहन ठकुरी , वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडा ,लिजेन्ड नाट्यकलाकार टङ्क शर्मा , कथाकार /अनुवादक जीत सुनार,शब्द समयका संयाेजक कवि निर्मल सिन्चुरी, कवि माेनिका प्रधान गुरूङ, कविद्वय हेमन्त काफ्ले ,साथ‌ै कवि पूर्ण मंगरले साहित्यकार गीता उपाध्यायकाे कीर्ति र कर्मबारे आ-आफ्नो मन्तव्य राख्दै दिवङ्गत साहित्यकारप्रति शब्द श्रद्धाञ्जली अर्पण गरे ।आफ्नो सम्बाेधनमा वरिष्ठ कवि एवम् अध्येता ज्ञानेन्द्र खतिवडाले गीता उपाध्याय नेपाली भाषा साहित्यमा मात्र नभएर असमेली भाषा साहित्यारमा पनि उत्तिकै सम्मानित र प्रखर साहित्यकार रहेकाे जानकारी गराए । साथै उनी आफ्ना कृतिहरूमार्फत सद‌ैव अमर रहने बताए ।उनले अझ भने – साहित्यकार गीता उपाध्यायले साहित्यकाे सिजृना मात्र गरेनन्,तर अनुवादमार्फत् नेपाली साहित्य र असमेली साहित्यलाई दह्रो गरि जाेड्ने कार्य पनि गरेकी छन् भनी जानकारी गराए । कथाकार , अनुवादक जीत सुनारले साहित्यकार उपाध्यायकाे परिचय राख्दै पुर्वाेत्तर राज्यमा नेपाली साहित्यका विकाशमा उनकाे याेगदान माथि प्रकाश पारे । नाट्य अभिनेता टङ्क शर्माले साहित्यकार गीता उपाध्याय साहित्यिक भ्रमणमा खरसाङ आउँदा गाेर्खा जनपुस्तकालयमा भेट भएकाे संस्मरण सुनाए ।

डा हेमन्त काफ्लेले केही जानकार गराउँदै भने – गीता उपाध्यायले सँधै साहित्यलाई समाज जाड्ने माध्यम मान्नुहुन्थ्याे । उनकाे भनाइमा ” साहित्य विभिन्न संस्कृति र समुदायलाई एक जुट गर्ने सबैभन्दा शक्तिशाली पुल हाे।”अझ उनकाे तीन प्रसिद्ध भनाइ राखे-

“अनुवादले केवल शब्दहरू मात्र बद्लिँदैन,यसले एउटा जातिकाे आत्मालाई अर्काे जातिसँग परिचय गराउँछ।”

“शिक्षा बिना समाजकाे कुनै प्रगति सम्भव छ‌ैन, र महिला शिक्षाले सम्पूर्ण परिवारलाई उज्यालो बनाउँछ।” “मानिसको सब‌भन्दा ठूलो धर्म भनेकाे आफ्नो समाज र मातृप्रतिकाे जिम्मेवारी पूरा गर्नु हाे ।” भन्द‌‌ै बहुमुल्य पक्तिहरू प्रस्तुत गरे । उल्लेखनीय छ, पद्माश्री सम्मान र साहित्य अकादमी पुरस्कारले विभूषित असमनिवासी वरिष्ठ साहित्यकार गीता उपाध्यायकाे १३ जुलाईका दिन दु:खद निधन भएकाे हाे ।उनकाे निधनले सम्पूर्ण नेपाली /गाेर्खा जातिकाे निम्ति याे एउटा ठूलाे क्षति भएकाे महसुस गर्दछ ।।


Share this news
आजको रोजाइ
प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?

ट्रष्ट साहित्य पुरस्कार वेदिका, पी लक्की, अर्जुन अनि रुबेनलाई 

ट्रष्ट साहित्य पुरस्कार वेदिका, पी लक्की, अर्जुन अनि रुबेनलाई 

शिक्षामन्त्री सस्मित पोखरेलसँग जापानी राजदूत मायदा तोरुको भेटवार्ता

शिक्षामन्त्री सस्मित पोखरेलसँग जापानी राजदूत मायदा तोरुको भेटवार्ता