दार्जीलिङ,14 जुलाई(निसं): सिलगाढीको गुरुङ बस्ती स्थित भानुभक्त मञ्च भवन सभा गृहमा भएकाे अखिल भारतीय नेपाली अनुसूचित जाती छाता सङगठन केन्द्रीय समिति दार्जीलिङकाे तत्वधानमा चर्चापरिचर्चाकाे साथमा सभा भयो।
भारतीय नेपाली अनुसूचित जाती मंञ्च सुकुना, साथै अनुसूचित जातीको संयुक्त मञ्च लगायत विभिन्न स्थानबाट उपस्थित थिए।सभामा श्रष्ठाहरु क्रमैले वरिष्ठ गीतकार बीबी विश्वकर्म अनि पूरण लाेहार लगायत सिलगढी दमाई समाजका अध्यक्ष गाेपाल सेवा, नरेन्द्र परियार, राकेश बराईलीले आ-आफ्नाे छाेटाे र मिठाे वक्तव्य राखे।
अखिल भारतीय नेपाली अनुसूचित छाता सङगठनकाे सह-सचिव सुरेन दियालीले कार्यक्रमलाई संञ्चालन गरेका थिए संघका महासचिव अधिवक्ता रिमेश माेथेले आफ्नाे छाेटाे-मिठाे यथर्था प्रतिवेदन राखे।
आउँने दिनहरुमा हामी अनुसूचित जाती एक भएर अघिलाे पंक्तिमा उभिएर भावी पिडिको भविष्य उज्जल बनाउँने तर्फ आफ्नाे कार्यहरु गर्नु पर्छ हाम्राे पूर्खहरुले स्थापना गरेकाे छाता सङगठन अखिल भारतीय नेपाली अनुसूचित जातीकै ब्यानरमा आएर सरकार पक्ष र क्षेत्रीय निकायहरुले पनि अब न्याय दिन वाध्य हुनेछ भन्ने उनले ठाेकुवा गरे।
त्यस्तै प्रकारले शताब्दीदेखि जातीकाे मायामा सेवा गर्ने वरिष्ठ व्यक्ति बीबी विश्वकर्मले पनि आफ्नाे सम्भाषणममा जातीकाे पुरानो 1959 सालमा स्थापना भएकाे संङगठन अखिल भारतीय नेपाली अनुसूचित जाती छाता संङगठनलाई सम्मान गर्नुपर्छ। यसरी नै संङगठनका एडभाईजर पूरण लाेहारले पनि छाता सङगठनकै मूल मन्त्री बताए। उनले आफ्नाे वक्तव्यमा संगठनमा सबैले भेदभाव नराखि जातीकै निम्ति अघि आएर काम गर्नुपर्ने बताए।
गाेकुल रुचाल मङपू शाखा केन्द्रीय समिति एडभाईजको सम्बाेधनमा पनि उच्चस्तरीय मन्तब्य पाेखे कमान बस्ती बन-बस्तीमा बस्ने हामी दलित समुदायले भाेगेका तिताे अनि कटुसत्यहरुकाे अनुभवी कुराहरुनै संस्थाले काँधमा बाेक्न पर्ने विषयमा जाेड दिंँदै मङपू सधै अखिल भातीय नेपाली अनुसूचित सङगठनसँग मुन मुटूले साथमा रहनेछ भनी बताए।
यसरी नै, दमाई समाज सिलगाढीका अध्यक्ष गाेपाल सेवाले आफ्नाे महत्वपूर्ण सम्बाेध्नमा, अखिल भारतीय नेपाली अनुसूचित जाती छाता संङगठन नै हाम्राे जातीकाे निम्ति सञ्जीवनी बुट्टी हो, यही छत्रछाँयामा हाम्राे दलित जातीकाे उत्थान उनन्ति प्रगति र विकाश हुनेछ।
अर्का वक्ताकाे क्रममा भारतीय नेपाली अनुसूचित जाती मञ्च सुकुनाकाे अध्यक्ष प्रभात गजमेरको सम्बाेधनमा भने, हामी एक अर्कामा असल प्रकारले बुजाबुज र जाेगाजाेग भएर सन् 1959 सालमा हाम्रा पुर्खाहरुले उत्तपिडन र लाञ्छनाको घाेर बिराेध जनाउँनलाई स्वातन्त्र भारत देशकाे संविधान निर्माता बाबा साहेब डक्टर भीमराव अम्बेडकरकाे संङघर्षलाई नै मध्य नजर राखेकाे स्थापना अखिल भारतीय नेपाली अनुसूचित जाती कामी, दमाई, सार्की यी तीन जातीका दह्रिलाे संङगठन नै छाता संङगठन केन्द्रीय समिति दार्जीलिङको छत्रछाँयामा नै मिलेर हामी हाम्राे जातीकाे विकास गर्नुपर्छ।
अखिल भारतीय नेपाली अनुसूचित जाती केन्द्रीय समितिले गत 2019 सालदेखि नै क्षेत्रिय निकाय देखि लिएर राज्य सरकार समक्ष दस्तावेजहरु पेस गरिसकेकाे छ।












