पूर्ण गुरुङ ‘निरुपम’ अभिनन्दन ग्रन्थ पूर्ण परिचय लोकार्पण

Share this news

खरसाङकी नारी स्रष्टा, साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिकी सदस्या एंव गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा‌ डा आशा मुखिया लामाद्वारा सम्पादित पूर्ण गुरुङ ‘निरुपम’ अभिनन्दन ग्रन्थ पूर्ण परिचय लोकार्पण गरिएको छ। उक्त अभिनन्दन ग्रन्थको लोकार्पण गोर्खा जनपुस्तकालय खरसाङको डा पारसमणि प्रधान प्रेक्षाग‌ृहमा सम्पन्न भएको छ। उक्त लोकार्पण कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार जीबी बलले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार राजु प्रधान ‘हिमांशु’ उपस्थित रहेका थिए।

गोमा सुब्बाद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत सम्भाषण ज्ञानकुञ्ज बुक्स खरसाङका निर्देशक सञ्जीव छेत्रीले राखेका थिए। यसै कार्यक्रममा डा आशा मुखिया लामाद्वारा सम्पादित पूर्ण गुरुङ ‘निरुपम’ अभिनन्दन ग्रन्थ ‘पूर्ण परिचय’ को लोकार्पण सभाध्यक्ष वरिष्ठ साहित्यकार जीबी बल, प्रमुख अतिथि वरिष्ठ साहित्यकार राजु प्रधान ‘हिमांशु’, विशिष्ट अतिथिहरु क्रमैले सोनादा डिग्री कलेजका प्राचार्य डा योगेस खाती, पूर्ण गुरुङ ‘निरुपम’, मुक्ति बराल उपाद्यय, शताब्दी पुरुष डीएस दर्नाल, गोर्खा जनपुस्तकालय खरसाङका अध्यक्ष रबीनकुमार प्रधान, विष्णु ठकुरी, पण्डित तुलसी अधिकारी, सुदर्शन अम्बटे, ललिता जोशी, सम्पादिका आशा मुखिया लामा आदिको बाहुलीबाट विधिवत् रूपमा लोकार्पण गरिएको छ। उक्त अभिनन्दन ग्रन्थ लोकार्पण भएको घोषणा प्रमुख अतिथि राजु प्रधान ‘हिमांशु’ ले गरेका थिए।

कार्यक्रममा पूर्ण गुरुङ ‘निरुपम’को परिचय गोमा सुब्बाद्वारा राखिएको थियो। कार्यक्रममा सम्पादिकाको पक्षमा बोल्दै आशा मुखिया लामाले यस अभिनन्दन ग्रन्थ प्रकाशित गर्न अनुमति दिने पूर्ण गुरुङ ‘निरुपम’, प्रकाशक पति पारस लामा, लेखकहरु र उपस्थित सबैलाई धन्यवाद दिएकी छन्। कार्यक्रममा वरिष्ठ साहित्यकार एवं नाट्यकर्मी पूर्ण गुरुङ ‘निरुपम’, प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ साहित्यकार राजु प्रधान ‘हिमांशु’, सभाध्यक्ष वरिष्ठ साहित्यकार जीबी बलले आफ्नो सम्बोधन गरेका थिए।‌

कार्यक्रममा पूर्ण गुरुङ ‘निरुपम’ अभिनन्दन ग्रन्थमा रचना दिएर सहयोग गर्ने सबैप्रति अभिनन्दन ग्रन्थ प्रदान गरिएको थियो। यस कार्यक्रम र पूर्ण गुरुङ ‘निरुपम’ अभिनन्दन ग्रन्थ ‘पूर्ण परिचय’ विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सम्पादिका आशा मुखिया लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
इमोसन क्लबद्वारा बाघधारा रोड क्षेत्रमा चलाइयो व्यापक सरसफाइ अभियान

इमोसन क्लबद्वारा बाघधारा रोड क्षेत्रमा चलाइयो व्यापक सरसफाइ अभियान

पखावजका साधक, लोकबाजाका संवाहक पण्डित निशान्त

पखावजका साधक, लोकबाजाका संवाहक पण्डित निशान्त

१ महिना लगातार ओट्स खाँदा पाचन र तौलमा कस्तो असर पर्छ?

१ महिना लगातार ओट्स खाँदा पाचन र तौलमा कस्तो असर पर्छ?

स्टेजमै रोमान्स: ज्यास्मिन स्यान्डलासद्वारा शेखर चौधरीसँग इन्गेजमेन्टको घोषणा!

स्टेजमै रोमान्स: ज्यास्मिन स्यान्डलासद्वारा शेखर चौधरीसँग इन्गेजमेन्टको घोषणा!

के OpenAI को GPT-5.6 क्लासले Anthropic को Fable-क्लास मोडलहरूलाई उछिनेको छ?

के OpenAI को GPT-5.6 क्लासले Anthropic को Fable-क्लास मोडलहरूलाई उछिनेको छ?

टोरन्टोको सडक महोत्सवमा गोलीबारी, दुई जनाको मृत्यु, ६ जना घाइते

टोरन्टोको सडक महोत्सवमा गोलीबारी, दुई जनाको मृत्यु, ६ जना घाइते

7.5 केजी गाँजासहित सराइघाट एक्सप्रेसबाट एक पक्राउ, एनजेपीमा जीआरपीको ठूलो कारबाही

7.5 केजी गाँजासहित सराइघाट एक्सप्रेसबाट एक पक्राउ, एनजेपीमा जीआरपीको ठूलो कारबाही

फाँसिदेवाकी महिलाको बैंक खातामा देखियो ७४० करोड रुपैयाँ, बैंक प्रशासनद्वारा अनुसन्धान सुरु

फाँसिदेवाकी महिलाको बैंक खातामा देखियो ७४० करोड रुपैयाँ, बैंक प्रशासनद्वारा अनुसन्धान सुरु

म्याद नाघेको खाद्य सामग्री सम्बन्धी उजुरीमा FSSAI को ठूलो एक्सन, स्विगी इन्स्टामार्टलाई नोटिस

म्याद नाघेको खाद्य सामग्री सम्बन्धी उजुरीमा FSSAI को ठूलो एक्सन, स्विगी इन्स्टामार्टलाई नोटिस

गौतम गम्भीरको सपोर्ट स्टाफमा ठूलो फेरबदलको संकेत,

गौतम गम्भीरको सपोर्ट स्टाफमा ठूलो फेरबदलको संकेत,

आजको रोजाइ