एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

Share this news

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा सडकबाट हिँडिरहेका एक पैदलयात्री बसको ठक्करमा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  दुर्घटनापछि स्थानीयवासी, बागडोग्रा प्रहरी तथा उद्धारकर्मी तत्काल घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेका थिए। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ। दुर्घटनापछि केही समय उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो भने प्रहरीले ट्राफिक व्यवस्थापन गर्दै बसलाई हटाएर सडक सञ्चालनमा ल्याएको जनाएको छ।प्रहरीले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक रूपमा बसमा यान्त्रिक खराबी आएको आशंका गरिए पनि प्राविधिक परीक्षणपछि मात्रै दुर्घटनाको वास्तविक कारण स्पष्ट हुने अधिकारीहरूले बताएका छन्।

Share this news
आजको रोजाइ
काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

चुनौतीपूर्ण परिस्थितिहरूमा पनि कृषि-किसान दर्ताप्रति अटल प्रतिबद्धता

चुनौतीपूर्ण परिस्थितिहरूमा पनि कृषि-किसान दर्ताप्रति अटल प्रतिबद्धता

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

१५८ वर्षपछि अरुणाचल प्रदेशमा दुर्लभ हिमाली फूल पुनः फेला

१५८ वर्षपछि अरुणाचल प्रदेशमा दुर्लभ हिमाली फूल पुनः फेला

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

२५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नल्याइने

२५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नल्याइने

सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्तीमा मंगन चम्कियो

सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्तीमा मंगन चम्कियो

सन् २०५० सम्म विश्वभर क्यान्सर बिरामी वार्षिक ३ करोड ५० लाख पुग्ने 

सन् २०५० सम्म विश्वभर क्यान्सर बिरामी वार्षिक ३ करोड ५० लाख पुग्ने 

स्वास्थ्य कारण ओपनएआईकी दोस्रो पदकी कार्यकारी सिमो बाहिरिने

स्वास्थ्य कारण ओपनएआईकी दोस्रो पदकी कार्यकारी सिमो बाहिरिने

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

आजको रोजाइ