फ्रान्सले मोरक्कोलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित

Share this news

फिफा विश्वकप २०२६ अन्तर्गत सम्पन्न क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाउने अवसर पाए पनि मोरक्कोका गोलरक्षक यासिन बोनुले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा राखेका थिए। दोस्रो हाफमा भने फ्रान्सले आफ्नो आक्रामक खेल प्रस्तुत गर्‍यो। ६०औँ मिनेटमा एम्बाप्पेले शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ६६औँ मिनेटमा उस्मान डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्सले २–० को सहज जित दर्ता गर्‍यो।यस जितसँगै फ्रान्स लगातार दोस्रो विश्वकपमा सेमिफाइनलमा पुगेको छ। अब फ्रान्सले सेमिफाइनलमा स्पेन र बेल्जियमबीच हुने क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यता, उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्म पुगेको मोरक्कोको विश्वकप यात्रा भने यही चरणमा समाप्त भएको छ।

Share this news
आजको रोजाइ
सन् २०५० सम्म विश्वभर क्यान्सर बिरामी वार्षिक ३ करोड ५० लाख पुग्ने 

स्वास्थ्य कारण ओपनएआईकी दोस्रो पदकी कार्यकारी सिमो बाहिरिने

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

देशको सुरक्षा र जैविक हतियार प्रमुख प्राविधिक क्षेत्रको मूल्याङ्कन

देशको सुरक्षा र जैविक हतियार प्रमुख प्राविधिक क्षेत्रको मूल्याङ्कन

फ्रान्सले मोरक्कोलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित

फ्रान्सले मोरक्कोलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित

कारबारी गाउँ, अपर सिन्देबुङ, कालेबुङमा जिपलाइनको भव्य उद्घाटन

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

गोजमुमो, पुल-बिजनबारी-गोक समष्टि गर्भेटार शाखा समिति गठन

गोरामुमो खण्ड समन्वय कमिटी गठन, अध्यक्षमा सन्दिप लिम्बू चयन

मन्त्री पीके गुरुङद्वारा मनसुनले क्षतिग्रस्त PMGSY सडकको निरीक्षण 