हिमालन सनातनी, बुद्धिलक्ष्मी गुठी तथा कारबारी गाउँ एमएलए गाउँ सुधार समितिको संयुक्त तत्वावधानमा कारबारी गाउँ, अपर सिन्देबुङमा निर्माण सम्पन्न जिपलाइनको भव्य समारोहबीच उद्घाटन सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि ३६ नम्बर समष्टि, कालिम्पोङका सभासद् श्री पाल्देन तामाङ हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा श्री पी.के. प्रधानज (भारतीय गोर्खा परिसङ्घ राष्ट्रिय सामाजिक संगठन), श्री पुरण कुमार छेत्री (भारतीय गोर्खा परिसङ्घ क्षेत्रीय समितिका सचिव), श्रीमती दिपाराणी ठकुरी (सहारा ट्रस्टकी प्रमुख सल्लाहकार), श्रीमती फरिदा लेप्चा (सहारा ट्रस्टकी वरिष्ठ सल्लाहकार), श्री वाइ.टी. नाम्चु (सहारा ट्रस्टका वरिष्ठ संरक्षक) तथा श्रीमती रुक्मित लेप्चा (सहारा ट्रस्टकी सचिव)को गरिमामय उपस्थिति रहेको थियो।
त्यसैगरी अतिथिका रूपमा श्री सञ्जय विश्वकर्मा र श्री प्रदीप प्रसाद (इमोसन क्लब), सिन्देबुङ क्षेत्रका विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू, सिन्देबुङ ग्राम पञ्चायतका निर्वाचित प्रधान तथा सदस्यहरू, बुद्धिजीवी, समाजसेवी र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन कारबारी गाउँ एमएलए गाउँ सुधार समितिका संयोजक तथा संस्थापक श्री योगेश थापाले गर्नुभएको थियो। जिपलाइनको औपचारिक उद्घाटन तथा शुभारम्भ निर्माणकर्ता तथा अभियन्ता श्री गुल्सन राईको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले यस जिपलाइनले कारबारी गाउँमा पर्यटन प्रवर्द्धन, स्थानीय युवाहरूका लागि रोजगारीका अवसर सिर्जना तथा समग्र क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको सफल आयोजनाका लागि सहयोग पुर्याउने सम्पूर्ण अतिथिहरू, जनप्रतिनिधिहरू, सामाजिक संघ–संस्था, स्थानीयवासी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्ने सबैप्रति आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ।











