कारबारी गाउँ, अपर सिन्देबुङ, कालेबुङमा जिपलाइनको भव्य उद्घाटन

Share this news

हिमालन सनातनी, बुद्धिलक्ष्मी गुठी तथा कारबारी गाउँ एमएलए गाउँ सुधार समितिको संयुक्त तत्वावधानमा कारबारी गाउँ, अपर सिन्देबुङमा निर्माण सम्पन्न जिपलाइनको भव्य समारोहबीच उद्घाटन सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि ३६ नम्बर समष्टि, कालिम्पोङका सभासद् श्री पाल्देन तामाङ हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा श्री पी.के. प्रधानज (भारतीय गोर्खा परिसङ्घ राष्ट्रिय सामाजिक संगठन), श्री पुरण कुमार छेत्री (भारतीय गोर्खा परिसङ्घ क्षेत्रीय समितिका सचिव), श्रीमती दिपाराणी ठकुरी (सहारा ट्रस्टकी प्रमुख सल्लाहकार), श्रीमती फरिदा लेप्चा (सहारा ट्रस्टकी वरिष्ठ सल्लाहकार), श्री वाइ.टी. नाम्चु (सहारा ट्रस्टका वरिष्ठ संरक्षक) तथा श्रीमती रुक्मित लेप्चा (सहारा ट्रस्टकी सचिव)को गरिमामय उपस्थिति रहेको थियो।

त्यसैगरी अतिथिका रूपमा श्री सञ्जय विश्वकर्मा र श्री प्रदीप प्रसाद (इमोसन क्लब), सिन्देबुङ क्षेत्रका विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू, सिन्देबुङ ग्राम पञ्चायतका निर्वाचित प्रधान तथा सदस्यहरू, बुद्धिजीवी, समाजसेवी र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन कारबारी गाउँ एमएलए गाउँ सुधार समितिका संयोजक तथा संस्थापक श्री योगेश थापाले गर्नुभएको थियो। जिपलाइनको औपचारिक उद्घाटन तथा शुभारम्भ निर्माणकर्ता तथा अभियन्ता श्री गुल्सन राईको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले यस जिपलाइनले कारबारी गाउँमा पर्यटन प्रवर्द्धन, स्थानीय युवाहरूका लागि रोजगारीका अवसर सिर्जना तथा समग्र क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सफल आयोजनाका लागि सहयोग पुर्‍याउने सम्पूर्ण अतिथिहरू, जनप्रतिनिधिहरू, सामाजिक संघ–संस्था, स्थानीयवासी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्ने सबैप्रति आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ।

Share this news
आजको रोजाइ
सन् २०५० सम्म विश्वभर क्यान्सर बिरामी वार्षिक ३ करोड ५० लाख पुग्ने 

सन् २०५० सम्म विश्वभर क्यान्सर बिरामी वार्षिक ३ करोड ५० लाख पुग्ने 

स्वास्थ्य कारण ओपनएआईकी दोस्रो पदकी कार्यकारी सिमो बाहिरिने

स्वास्थ्य कारण ओपनएआईकी दोस्रो पदकी कार्यकारी सिमो बाहिरिने

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

देशको सुरक्षा र जैविक हतियार प्रमुख प्राविधिक क्षेत्रको मूल्याङ्कन

देशको सुरक्षा र जैविक हतियार प्रमुख प्राविधिक क्षेत्रको मूल्याङ्कन

फ्रान्सले मोरक्कोलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित

फ्रान्सले मोरक्कोलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित

कारबारी गाउँ, अपर सिन्देबुङ, कालेबुङमा जिपलाइनको भव्य उद्घाटन

कारबारी गाउँ, अपर सिन्देबुङ, कालेबुङमा जिपलाइनको भव्य उद्घाटन

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

गोजमुमो, पुल-बिजनबारी-गोक समष्टि गर्भेटार शाखा समिति गठन

गोजमुमो, पुल-बिजनबारी-गोक समष्टि गर्भेटार शाखा समिति गठन

गोरामुमो खण्ड समन्वय कमिटी गठन, अध्यक्षमा सन्दिप लिम्बू चयन

गोरामुमो खण्ड समन्वय कमिटी गठन, अध्यक्षमा सन्दिप लिम्बू चयन

मन्त्री पीके गुरुङद्वारा मनसुनले क्षतिग्रस्त PMGSY सडकको निरीक्षण 

मन्त्री पीके गुरुङद्वारा मनसुनले क्षतिग्रस्त PMGSY सडकको निरीक्षण 

आजको रोजाइ